सल्यान- जिल्ला प्रहरी कार्यालयले शारदा नगरपालिकाका अवैध घरेलु मदिरा जफत गरी नष्ट गरेको छ।
करिब एक सातादेखि नगरपालिकाभित्र प्रहरीले छापा मारेर भाँडाकुडासहित घरेलु मदिरा जफत गरेर जिल्ला प्रहरी कार्यालयको परिसरमा नष्ट गरिएको हो।
जिल्लामा ९० प्रतिशत हिंसा मदिरा सेवनबाट हुने भएकोले यसलाई रोक्न मदिरा नियन्त्रण गरिएको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले बताए।
अवैध रुपमा मदिरा बनाइने कच्चा पदार्थमा मोजा, स्याम्पु र प्याडसमेत प्रयोग गरिएको पाइएकाले सचेत रहन उनले आग्रह गरेका छन्। नगरपालिकाभित्र सबैखाले हिंसा रोक्न आफूले प्रतिबद्धता व्यक्त गरेकाले सोहीअनुसार काम भइरहेको नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।