सोल- उत्तर कोरियाका लागि अमेरिकी विशेष आणविक दूत स्टेफान बेइगनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेका छन्।
उनले सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा सो जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ।
अमेरिकाको तर्फबाट आएको यो धेरै पछिको वार्ता प्रस्तावलाई विश्व समुदायले भने सकारात्मक रुपमा लिएको समाचारमा जनाइएको छ।
सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजना गरिएको एक पत्रकार सम्मेलनका क्रममा सो जानकारी दिइएको हो।
सोमबार बिहान सोलमा उत्तर कोरिया र दक्षिण कोरियाका आणविक दूतहरुको संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।
सो क्रममा उत्तर कोरियाली आणविक दूत लि डु हुन पनि सहभागी थिए। उनी दक्षिण कोरियाको तीन दिने औपचारिक भ्रमणका लागि आइतबारमात्र सोल आइपुगेका हुन्।
सो पत्रकार सम्मेलनमा उनले उत्तर कोरियाली दूतसामु भने‚ ‘यो वार्ताको समय हो, अब हामी यसका लागि अघि बढ्नुपर्छ। मलाई लाग्छ यस विषयमा उत्तर कोरिया पनि तयार हुनुपर्छ।’
उत्तर कोरियाले ‘महत्वपूर्ण मिसाइल परीक्षण’ गरेको समाचार दुई दिन अघि सरकारी समाचार संस्था (केसीएनए)मार्फत् शनिबार सार्वजनिक गरेको जनाएको थियो।
उत्तर कोरियाको यो जानकारी पछि लगत्तै अमेरिकी दूतका तर्फबाट वार्ताको प्रस्ताव आएको छ। यस समय अमेरिकाको औपचारिक वार्ता प्रस्ताव आउनुलाई अर्थपूर्ण रुपमा लिइएको समाचारमा जनाइएको छ।
विशेषदूत बेइगनले भने‚ ‘अमेरिकाले शान्तिवार्ताका लागि कुनै समय पर्खिनुपर्दैन।’
उनले भने‚ ‘हामीले तर नेताहरुले सिंगापुरमा गरेका प्रतिबद्धताहरुलाई पूरा गर्ने हो, त्यसका लागि हामी वार्ता गर्न सधैँ प्रतिबद्ध नै छौँ।’
उत्तर कोरियाले एक हप्ताभन्दा कम समयमा दुईवटा नै यस्ता आणविक परीक्षण गरेको बताइएको छ। उत्तर कोरियाको सोहाएबाट नै यी परीक्षणहरु गरेको समाचारमा जनाइएको छ।
अमेरिका र उत्तर कोरियाबीचको परमाणु वार्ता अहिले रोकिएको छ र परिक्षण उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत तीन दिन लामो भ्रमणमा सोल आउनुभन्दा ठीक दुई दिन पहिले भएको हो।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच गत अक्टोबर महिनामा स्टकहोममा पनि उच्चस्तरीय वार्ता भएको थियो।
त्यो वार्तामा खासै कुनै नयाँ एजेण्डामा सहमती नभएको भए पनि वार्ता भने सकारात्मक भएको बताइएको थियो।
उत्तर कोरिया सरकारका प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था केसिएनएले उत्तर कोरियाले उसको यसअघि पनि आणविक परीक्षणहरु गर्ने गरेको स्थलबाट देशको परमाणु क्षमता विस्तार गर्ने खालको महत्वपूर्ण परीक्षण गरेको जनाएको थियो।
यस वार्ताको प्रस्तावको विषयमा उत्तर कोरियाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन। अमेरिकाले उत्तर कोरियाले सिंगापुरमा व्यक्त गरेको निशस्त्रीकरणको प्रतिबद्धता नै पूरा गर्न नसकेको जनाएको छ।
तर पनि अमेरिकी यस भनाइ सत्य नरहेको उत्तर कोरियाले बताउँदै आएको थियो। उसले भने सिंगापुरमा भएको प्रतिबद्धताबमोजिम आफूले काम गरेको बरु अमेरिकाले भने त्यसबमोजिम काम नगरेको बताउने गरेको छ।
तर शनिबार भएको उक्त पछिल्लो आणविक परीक्षणपछि भने अब उत्तर कोरिया निशस्त्रीकरणको पक्षमा नै नरहेको कुरा प्रष्ट भएको अमेरिकी भनाइ रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।