मिन्दानाओ फिलिपिन्स- फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दानाओको पहाडी इलाकामा आइतबार ६.८ म्याग्नीच्युडको भूकम्प आएको छ।
उक्त भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ।
माग्सायसायदेखि तीन माइल दक्षिणपूर्व क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु रहेको प्रकोप जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यालयका अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
यस भूकम्पबाट ज्यान गुमाउने व्यक्तिहरुमा छ बर्षीया एक बालिकासमेत रहेको जनाइएको छ। अन्य छ जनाको शव भने पदादा सहरमा रहेको व्यापारिक भवनभित्र च्यापिएको अवस्थामा उद्धारकर्ताहरुले सोमबार फेला पारेको स्थानीय पत्रिका ‘फिल्स्टार ग्लोबल’ले जनाएको छ।
खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको अधिकारीहरुले जनाएका छन्। भूकम्पपछिको पहिलो चार घण्टासम्म १ सय ७९ ओटा पराकम्प गएको पनि उनीहरूले जानकारी दिए। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।