काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक जारी छ।
आइतबारबाट सुरु बैठकमा नेताहरुले आफ्नो धारणा राखिरहेका छन्। बैठकमा अध्यक्षद्वयको तर्फबाट प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखिरहेका हुन्। सदस्यहरुलाई बोल्नको लागि २० मिनेट समय निर्धारण गरिएको छ।
दिउँसो साढे २ बजेसम्म ९ जना सदस्यले आफ्नो धारणा राखिसकेका छन्।
वामदेव गौतम, भीम रावल, योगेश भट्टराई, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अग्नी सापकोटा, गणेश साहले आफ्नो धारणा राखिसकेका छन्।
बैठकमा बोल्ने नेताहरुले आलोचनात्मक र सकारात्मक धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
अध्यक्षद्वयको प्रतिवेदनमाथि गौतमले भने लिखित प्रस्ताव पेश गरेका छन्।
त्यस्तै, शाक्यले भने सचिवालय आकार बढाउन माग गरेकी छिन्। उनले महिला सदस्य थप्दै ११ सदस्य बनाउन माग गरेकी हुन्। अहिले सचिवालयको आकार ९ सदस्यी छ। सचिवालयमा सबै पुरुष सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।