एजेन्सी- ज्वालामुखी बिस्फोटको एक सातापछि न्युजिल्याण्डले मृतकहरुको सम्झनामा शोक मनाएको छ। गत साता ह्वाइट टापुमा भएको बिस्फोटमा १६ जनाको मृत्यु भएको थियो भने २ जना अझै हराइरहेका छन्। उनीहरु नजिकैको समुद्रमा डुबेको आशंका गरिएको छ।
स्थानीय समयअनुसार अपरान्ह १४.११ बजे एक मिनेट मौनधारण गरिएको थियो। मृतकका आफन्तहरुले टापुनजिकैको प्रहरी कार्यालयमा मौनधारण गरेका थिए।
आगोमा जलेमध्ये २० जनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालको आइसीयुमा उपचार भइरहेको छ।
उद्दार दल उद्दारको कार्य टुंग्याएर आइतबार टापुबाट फर्केपछि औपचारिक रुपमा शोक मनाइएको हो। उद्दार टोलीले हराएकाहरुको खोजीमा असफल भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।