• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्याकेजमा सहमतिका लागि पौडेल पक्षले खोज्यो हिस्सेदारीे, चाक्सीबारीमा दुई पक्षबीच वार्ता सुरु

64x64
नेपाल लाइभ सोमबार, मंसिर ३०, २०७६  १०:३२
1140x725

काठमाडौं- १४ औं महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिको बैठकमा प्रस्ताव ल्याउनुपर्ने माग गरेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भ्रातृ संस्था र विभागमा हिस्सेदारीको नयाँ मागसमेत थपेको छ।

गत दुई दिनका बैठकमा अनुुपस्थित रहेको उक्त समूहले चार माग सम्बोधन गर्नुपर्ने अडान लिएको छ। समग्रमा सहमति नभए सोमबारको केन्द्रीय समितिको बैठक पनि बहिष्कार गर्ने पौडेल पक्षीय केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए। पौडेल पक्षले उठाएका मागमा महाधिवेशन कार्यतालिका बैठकमा पेश गर्नुपर्ने, नेपाल विद्यार्थी संघ र तरुण दलमध्ये एकको नेतृत्व दिनुपर्ने, विभाग २८ मात्रै बनाउनुपर्ने र क्रियाशील सदस्यता छानबिन समिति गठन गर्नुपर्ने छन्। 

 बिहीबार र आइतबार बैठक बहिष्कार गरेको उक्त समूहका नेताहरुको आइतबार साँझ बसेको बैठकले थप मागसहित समग्रतामा सहमति हुनुपर्ने निर्णय गरेको हो। महामन्त्री डा शशांक कोइरालाको निवास महाराजगन्जमा पौडेल पक्षका शीर्ष नेताहरुको आइतबार साँझ बैठक बसेको थियो। केन्द्रीय समितिको बैठक बहिष्कार गरि पाथिभरा दर्शनमा पुगेका वरिष्ठ नेता पौडेल फर्केलगत्तै कोइराला निवासमा छलफल भएको थियो। बैठकमा पौडेल,कोइराला ,प्रकाशमान सिंह लगायतका नेताहरु थिए।

संस्थापन पक्षसँग वार्ताका लागि पौडेल पक्षले नेता सिंहको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ। उक्त कार्यदलमा दिलेन्द्रप्रसाद बडु र हृदयराम थानीसमेत छन्। संस्थापन पक्षले उपसभापति विमलेन्द्र निधिलाई वार्ताको लागि खटाएको छ।

पछिल्लो जानकारी अनुसार नेता सिंहको निवास चाक्सीबारीमा दुई पक्षीय नेताको बैठक सुरु भएको छ। बैठकमा उपसभापति विमलेन्द्र निधि, सिंह ,बडु र थानी सहभागी छन्। केन्द्रीय सदस्य कल्याण गुरुङले आफ्नो पक्षका माग सम्वोधन गर्ने पूर्व सहमति भएमात्रै बैठकमा उपस्थित हुने जानकारी दिए।

nimb
nimb
Ncell 2
Ncell 2

गत माघमा कार्यकाल सकिएको नेविसंघ र मंसिर १ बाट कार्यकाल सकिएको अर्को भ्रातृ संस्थाको तदर्थ समितिको नेतृत्वको हकदाबी गरेको छ। संस्थापन पक्षले उठाएको अर्को मुद्धामा नरहरी आचार्य संयोजक रहेर बनेको क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन एक प्रति वार्ता कार्यदललाई पनि उपलब्ध गराउनुपर्ने उल्लेख छ। आचार्य संयोजक रहेको कार्यदलले तयार गरे अनुसार सबै जिल्लाको क्रियाशील सदस्यताको नामावली उपलब्ध गराउन माग गरिएको छ। विधान अनुसार विभाग २८ वटा बनाउन माग गरेको उक्त समूहले विभागमा आफ्नोसमेत सम्मानजनक हिस्सेदारी माग गरेको छ।
 सहमतिमा नआउने तथा विधानको पद्धतिमा विश्वास नगर्ने पौडेल पक्षलाई लागेको आरोपबारे नेता गुरुङले भने, ‘‘उहाँहरुले जे–जे भने त्यही त्यहीमा सहमति हुनुपर्ने पनि त होइन। दुवै पक्षका कुरा दुबै पक्षले मान्नु नै सहमति हो।’

पौडेल पक्षले वार्ता टोलीले प्याकेजमा सबै विषयमा सहमतिका टुंगो लगाइसकेपछि मात्रै केन्द्रीय समिति बैठक बस्नुपर्ने अडान लिएको छ।

गत बिहीबारदेखि बोलाइएको केन्द्रीय समितिको बैठक पौडेल पक्षको अनुपस्थितिले औपचारिक प्रस्तावमा छलफल हुन सकेको छैन। पार्टी सभापति शेरबहादुर देउवा निकट नेतृ डिला संग्रौलाले अर्को पक्षलाई पनि सहमतिमै लानका लागि बैठकमा प्रस्तावित एजेण्डामा छलफल नभएको बताइन्। उनले भनिन्, ‘भागबण्डाको विषय उठाउनु भएको छ। सहमतिमा बैठक अघि बढ्छ।’

तेश्रो धारका रुपमा परिचित नेता कृष्णप्रसाद सिटौला समूहका नेताहरुले भने पार्टी भित्रको पछिल्लो घटनाक्रम बारे कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  १०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
सम्बन्धित सामग्री
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै उनले सीमा समस्या संवेदनशील विषय भएकाले यसलाई कूटनी... शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा ५ दिने भ्रमण सकेर नयाँ दिल्लीबाट उनी आज केही समय अघि नेपाल आइपुगेको लामिछानेको सचिवालयले... शुक्रबार, जेठ २२, २०८३
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ? समझदारी पत्रमा हस्ताक्षरसँगै प्रसाईँले आफ्नो नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ विसर्जन भएको घोषणा गरेका छन् । मलमास सकिए लगत्तै नयाँ... शुक्रबार, जेठ २२, २०८३
ताजा समाचारसबै
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै शनिबार, जेठ २३, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर शनिबार, जेठ २३, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शनिबार, जेठ २३, २०८३
चुनौतीबीच जिम्मेवारी निर्वाह गर्न कानुन अधिकृतलाई मन्त्री गौतमको निर्देशन शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्