एजेन्सी- बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले भारतमा रहेका अवैध बंगलादेशी नागरिकको सूची भारत सरकारसँग मागेका छन्।
अब्दुलले आइतबार स्थानीय सञ्चारमाध्यमसँग भनेका छन्, ‘हामीले भारतसँग त्यहाँ अवैध रुपमा रहेका बंगलादेशी नागरिकको सूची मागेका छौं, यदि उनीहरुले दिए भने हामी उनीहरुलाई फिर्ता लैजान स्वीकृति दिन्छौं।’
भारतमा एनआरसी लागू भएको प्रश्नमा उनले बंगलादेश र भारतबीचको सम्बन्ध निकै राम्रो भएको उल्लेख गर्दै यसले सम्बन्धमा कुनै असर नपर्ने बताए। उनले आफ्नो व्यस्तताको कारण देखाउँदै बिहीबार तय गरिएको भारत भ्रमण रद्द गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।