चितवन- भरतपुर महानगरपालिका– २१ रतनपुरमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीयवासी सोमबहादुर तामाङका ७ वर्षीय छोरा हिम तामाङ रहेको प्रहरीले जनाएको छ। घरबाट बाहिर खेल्ने क्रममा भुइँमा लत्रिएको विद्युतीय तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।