एजेन्सी– फिलिपिन्समा ६ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। दक्षिणी क्षेत्र मिन्डानाओ टापुमा आइतबार भूकम्पको धक्का महसुस गरिएको हो। गत अक्टोबरमा पनि सोही क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
अमेरिकी भूर्गभविद्हरुका अनुसार फिलिपिन्सको दक्षिणी दभाओ सहरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पका कारण केही भौतिक संरचनामा क्षति पुगे पनि मानवीय क्षति भएको विवरण भने प्राप्त भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।