काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आइतबारबाट सुरु भएको छ।
बैठकमा सुरु हुनासाथ बैठकमा सहभागी नेताहरु भीम रावल र रघुजी पन्तले बैठक किन एक वर्षमा बसेको भन्दै प्रश्न गरेका छन्।
नेकपाको विधानमा स्थायी समिति बैठक प्रत्येक तीन महिनामा बस्ने प्रावधान छ।
'बैठकको प्रारम्भमा नै बैठक किन एक वर्ष ढिलो भयो? कसको कारणले ढिलो भयो? त्यसको समीक्षा हुनुपर्छ भन्ने कुरा मैले उठाएँ', रावलले भने।
अध्यक्षले राजनीतिक प्रतिवेदनमा नै त्यस विषय उल्लेख भएको बताएका थिए।
उनीहरुको बोल्ने पालो सोमबार तोकिएको छ। तर, त्यसअघि नै उनीहरुले आफू बसिरहेको स्थानबाट प्रश्न सोधेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।