काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाले स्थायी समिति बैठकका लागि एजेण्डा तय गरेको छ।
स्थायी समितिका लागि तय गरेका कार्यसूचिहरुमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा तयार गरेका छन्। दुई अध्यक्षले तयार गरेको राजनीति प्रतिवेदन आइतबारको सचिवालय बैठकमा प्रस्तुत गरिएको थियो। बैठकले प्रस्तुत प्रतिवेदनलाई अनुमोदन गरेको छ।
स्थायी समितिका लागि तयार भएको प्रतिवेदनमा विधान संसोधन,केन्द्रीय समिति बैठक,नेपाल भारत सीमा समस्या र विविध गरी राजनीतिक प्रतिवेदन तयार गरिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारको बैठकमा केही समय प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित भएका थिए। प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘अध्यक्षले आफ्नो स्वास्थ्यका बारेमा जानकारी गराउनुभयो। स्वाथ्य स्थिति तिव्र रुपमा सुधार भइरहेको जानकारी गराउनुभयो। बैठकको पुरै समय भने उहाँ रहनुभएन।’
स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा आइतबारबाट सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।