सुरुङ्गा– विभिन्न प्रलोभन देखाएर महिलालाई भारततर्फ लैजाँदै गर्दा पक्राउ परेका दुई महिलालाई प्रहरीले मानव बेचबिखनमा मुद्दा दर्ता गरेको छ।
विदेश पठाइदिने भन्दै तीन महिलालाई भद्रपुर नाका हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा बिहीबार ती महिलालाई पक्राउ गरिएको थियो। पक्राउ परेका भद्रपुर–१० निवासी ५० वर्षीया लीला भट्टराई र वुद्धशान्ति गाउँपालिका–३ निवासी ४८ वर्षीया मिङ्मा शेर्पालाई प्रहरीले मानव बेचबिखनमा मुद्दा दर्ता गरेको हो।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।