• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस ५, २०८२ Sat, Dec 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एकदिवसीय मान्यता पाउने नेपाल कान्छो टिम : अहिलेसम्म कसले पाए, कसले गुमाए?

64x64
नेपाल लाइभ शुक्रबार, चैत २, २०७४  ०५:४३
1140x725

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले एसोसिएट टिमलाई ४ वर्षका लागि प्रदान गर्ने अस्थायी एकदिवसीय मान्यताको टुंगो लागेको छ। जिम्बावेमा भइरहेको आइसिसी विश्वकप छनोटमार्तफ ४ एसोसिएट टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउने पक्का भएको हो। 

सुपर –६ मा पुगेका युएई र स्कटल्यान्डले एकदिवसीय मान्यता फेरि पाएका हुन्। आइसिसीले डब्लुसिएल च्याम्पियनसिपको विजेता नेदरल्यान्ड्सलाई एकदिवसीय मान्यता दिने निर्णय गरेको थियो। बिहीबार पपुवा न्युगिनीलाई पराजित ६ विकेटले पराजित गरेसँगै नेपाल एकदिवसीय मान्यता पाउने कान्छो टिम बन्यो। नेदरल्यान्ड्स र नेपाल एकदिवसीय मान्यता पाउने नयाँ टिम बन्दा हङकङ र पपुवा न्युगिनीको मान्यता भने गुमेको छ।

हाल एकदिवसीय मान्यता पाउने टिम १६ वटा छन्। जसमा १२ टिमलाई स्थायी एकदिवसीय मान्यता छ भने नेपालसहित ४ टिमलाई अस्थायी एकदिवसीय मान्यता छ। 

स्थायी मान्यताप्राप्त एकदिवसीय टिम 
अस्ट्रेलिया – १९७१ 
इंग्ल्यान्ड– १९७१
न्युजिल्यान्ड– १९७३ 
पाकिस्तान– १९७३ 
वेस्ट इन्डिजन– १९७३ 
भारत– १९७४ 
श्रीलंका– १९८२ 
दक्षिण अफ्रिका– १०९१
जिम्बावे– १९९३
बंगलादेश– १९९७ 
अफगानिस्तान– २०१७ 
आयरल्यान्ड– २०१७ 

अस्थायी एकदिवसीय मान्यता पाउने टिम 
स्कटल्यान्ड – २००६ देखि २०२२ सम्म 
युएई – २०१४ देखि २०२२ सम्म 
नेदरल्यान्ड्स – २०१८ देखि २०२२ सम्म  
नेपाल – २०१८ देखि २०२२ सम्म 

जसले गुमाए एकदिवसीय मान्यता 
केन्या –१९९७ देखि २०१४ सम्म 
क्यानडा– २००६ देखि २०१४ सम्म 
नेदरल्यान्ड्स– २००६ देखि २०१४ सम्म (२०१८ मा फेरि प्राप्त) 
बर्मुडा– २००६ देखि २००९ सम्म  
हङकङ– २०१४ देखि २०१८ सम्म 
पपुवा न्युगिनी– २०१४ देखि २०१८ सम्म 

विशेष एकदिवसीय प्रदान गरिएका टिम जसको मान्यता गुइसकेको छ
इस्ट अफ्रिका – १९७५ को विश्वकपका लागि  
नामिबिया– २००३ को विश्वकपका लागि 
अमेरिका– २००४ को च्याम्पियन्स ट्रफिका लागि 

आइसिसीले सन् २००५ देखि ६ वटा एसोसिएट टिमलाई अस्थायी एकदिवसीय टिमको मान्यता दिन थालेको थियो। हाल भने आइसिसीले ४ वटा टिमलाई मात्र एसोसिएट मान्यत दिने निर्णय गरेको हो।आइसिसीले अस्थायी मान्यता ४ वर्षको लागि दिने गरेको छ। अस्थायी मान्यता दिने आधार एकदिवसीय विश्वकप छनोटलाई मान्दै आइएको छ। तर, यदाकदा आइसिसीका प्रतियोगितामा उत्कृष्ट खेल्ने टिमलाई पनि अस्थायी मान्यता दिने गरिएको छ।

Ncell 2
Ncell 2

स्कटल्यान्डले सन् २००६ देखि अस्थायी एकदिवसीय टिमको मान्यता पाएको थियो। युएई, हङकङ र पपुवा न्युगिनीले भने सन् २०१४ मा एकदिवसीय मान्यता पाएका हुन्। यो मान्यता विश्वकप छनोट प्रतियोगितासम्मका लागि हुने गरेको छ।

यसअघि अस्थायी मान्यता पाएका अफगानिस्तान र आयरल्यान्ड भने स्थायी सदस्यमा बढुवा भइसकेका छन्। अफगानिस्तानले सन् २००९ तथा आयरल्यान्डले सन् २००६ मा पहिलो पटक अस्थायी एकदिवसीय टिमको  मान्यता पाएका थिए।

केन्याले सन् १९९७ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो। सन् २०१४ को विश्वकप छनोटमा खराब प्रदर्शनपछि केन्याको मान्यता खोसिएको थियो। क्यानडाले पनि सन् २००६ देखि २०१४ सम्म एकदिवसीय मान्यता पाएको थियो। बर्मुडाले सन् २००६ देखि सन् २००९ सम्म ३ वर्ष अस्थायी एकदिवसीय टिमको मान्यता पायो। सन् २००६ मा पहिलो पटक अस्थायी एकदिवसीय टिमको मान्यता पाएको नेदरल्यान्ड्सको मान्यता सन् २०१४ मा खोसियो। यद्पयी नेदरल्यान्ड्सले फेरि एकदिवसीय मान्यता प्राप्त गरेको छ। 

एकदिवसीय मान्यताको फाइदा के?
एकदिवसीय मान्यता पाएसँगै अब नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढ्नेछ। आइसिसीले आयोजना गर्ने इन्टरकेन्टिनेल्टल कपमानेपालको पनि स्थान हुनेछ। पहिलो श्रेणी क्रिकेट मान्यता रहेको प्रतियोगिताको विजेतालाई आइसिसीले टेस्ट टिमको समेत मान्यत दिनेछ। यस्तै नेपालले अन्य एकदिवसीय मान्यता प्राप्त टिमसँग एकदिवसीय सिरिज खेल्न पाउनेछ। त्यसका लागि सम्बन्धित देशका क्रिकेट बोर्डले सम्झौता गर्नु पर्नेछ भने आइसिसीले मान्यता दिनु पर्नेछ।

हाल नेपालको क्रिकेट हेर्ने निकाय नभएकाले नेपालले निकेट भविष्यमा सिरिज खेल्ने सम्भावना न्यून छ। आन्तरिक विवादका कारण नेपाल क्रिकेट संघ (क्यान) लाई आइसिसीले २०७३ वैशाखमा निलम्बन गरेको थियो। 

एकदिवसीय खेलको आधारमा अब आइसिसीले नेपाललाई वरियतामा पनि समावेश गर्नेछ।

एकदिवसीय मान्यतासँगै आइसिसीले प्रदान गर्ने अनुदानमा पनि वृद्धि हुनेछ। 
 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०७४  ०५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
रिहाइपछि रविको प्रतिक्रिया- अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ
रास्वपा सभापति रवि लामिछाने रिहा
सम्बन्धित सामग्री
रुपन्देहीमा १७ वर्षीय किशोरको वीभत्स हत्या, नालीमा भेटियो शव ‘टाउकोमा प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ। प्रहरीले उक्त घटनामा संलग्नहरूको खोजी गरिरहेको छ,’ क्षेत्रीले भने। शुक्रबार, पुस ४, २०८२
पहिचान र पासवर्ड दुरुपयोग गरी राष्ट्रिय परिचयपत्र स्वीकृत गराउने दुई युवा पक्राउ गलत मनसायले विभिन्न व्यक्तिहरूको विवरण हेरफेर गर्दै राष्ट्रिय परिचयपत्र स्वीकृत गराउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ... आइतबार, मंसिर २८, २०८२
कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लिएर विशेष अदालत गएको अख्तियारले चालिसेविरुद्ध करिब ३ करोड ६८ लाख ४७ बिगो दाबीसमेत गरिएको विशेष... आइतबार, मंसिर २८, २०८२
ताजा समाचारसबै
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) शुक्रबार, पुस ४, २०८२
रिहाइपछि रविको प्रतिक्रिया- अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ शुक्रबार, पुस ४, २०८२
रास्वपा सभापति रवि लामिछाने रिहा शुक्रबार, पुस ४, २०८२
श्रम मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी शुक्रबार, पुस ४, २०८२
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश जारी शुक्रबार, पुस ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्