नवलपरासी- बर्दघाट सुस्तापूर्व गैंडाकोट नगरपालिका-१५ अमरापुरीमा गएराति सवारी साधनको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ।
गएराति पौने १ बजे महेन्द्र राजमार्गमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो। दुर्घटनापश्चात् फरार रहेका सवारीसाधन सहित चालकको खोजी भइरहेको छ। शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।