काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक विवाद मिलाउन शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका नेताबीच शनिबार साँझ छलफल भएको छ।
प्रकाशमान सिंहनिवास चाक्सीबारीमा भएको भेटमा पौडल पक्षले राखेका प्रस्तावमा छलफल गर्ने गरी बैठक टुंगिएको छ। १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने, बढाइएको विभागहरु हटाइनुपर्ने, भ्रातृसंस्थाहरुको महाधिवेशन ६ महिनाभित्र गरिसक्नुपर्नेलगायतका विषयमा दुई पक्षबीच सहमति बनेको छैन।
देउवाका तर्फबाट उपसभापति विमलेन्द्र निधि चाक्सीबारी पुगेका थिए। छलफलमा केन्द्रीय समितिको बैठकअघि ती विषय सम्बोधन हुने गरी प्रस्ताव आउने प्रतिबद्धता जनाए बैठकमा सहभागी हुने अन्यथा बहिस्कार गर्ने पौडेल पक्षको अडान रहेको पौडेलपक्षीय नेता नवीन्द्रराज जोशीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।