काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले पूर्वउपकुलपति डा गोविन्दप्रसाद शर्माको निधनमा शोक मनाउन शुक्रबार देशभरका आंगिक क्याम्पसमा बिदा दिने भएको छ।
उनको रुसको सेन्ट पिटर्सबर्गमा कलेजोको शल्यक्रियापछि बुधबार राति ७५ वर्षका उमेरमा निधन भएको हो।
विसं २०५९ मा उपकुलपति भएका डा शर्माको शव काठमाडौँ ल्याई त्रिवि स्मृति भवनमा शोकसभा गरिने रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए। उनका पूर्वघोषित परीक्षाका कार्यक्रम भने यथावत् रहनेछन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।