एजेन्सी- कांगेस नेता राहुल गान्धीले दिल्लीमा सरकारको आर्थिक नीतिको विरोधमा आयोजित ¥यालीमा ‘रेप इन इण्डिया’ भन्ने आफ्नो अभिव्यक्तमा माफी नमाग्ने बताएका छन्। रामलीला मैदानमा आयोजित सभामा उनले भने– मेरो नाम राहुल सावरकर होइन, राहुल गान्धी हो, म सत्यताका लागि माफी माग्दिनँ, मर्नेछु बरु माफी माग्नेवाला छैन।’
गान्धीले झारखण्डको चुनावी र्यालीमा ‘नरेन्द्र मोदीले मेक इन इण्डिया भनेपछि अब त्यसो नभई रेप इन इण्डिया भएको छ,’ भनेका थिए। त्यसको सत्तारुढ भाजपाबाट मन्त्री बनेकी स्मृति इरानीलगायत कैयौं भाजपा नेताले विरोध जनाएको छन्।
रामलीला मैदानको सभामा उनले पहिले भारतको अर्थव्यवस्था देशको शक्ति भएको र ९ प्रतिशत जीडीपी वृद्धिदर रहेकोमा अहिले मोदी सरकारले नष्ट गरेकोमा प्रधानमन्त्री र उनका सहयोगी अमित शाहले माफी माग्नुपर्ने बताए।
‘कालो धनलाई समाप्त पार्ने भन्दै, नोटबन्दीको झुट बोलेर र गब्बर सिंह ट्याक्स (जीएसटी) मार्फत् भारतीय अर्थतन्त्रलाई मोदी सरकारले तहसतहस पारेको उनले बताए।
उनले प्रधानमन्त्री मोदी उद्योगपतिको आडमा मिडियामा छाइरहेको आरोप लगाउँदै भने– टीभीमा कुनै एक सेकेन्डको विज्ञापन आउछ भने लाखौंको हुन्छ, नरेन्द्र मोदी टीभीमा दिनहुँ दिनभर देखिन्छन्, यसको पैसा कसले दिइरहेको छ, यसको पैसा त्यसले दिइरहेको छ, जसलाई नरेन्द्र मोदीले तपाईंको पैसा खोसेर दिइरहेका छन् ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।