काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार पनि स्थगित भएको छ। बैठक शुक्रबार पनि स्थगित भएको थियो।
बैठक शनिबार दिउँसो ३ बजे बस्ने बताइएको थियो।
गत २३ गते बसेको सचिवालयको बैठकले २७ गतेका लागि सचिवालय बैठक र २९ गतेका लागि स्थायी समिति बैठकको समय तोकेको थियो।
स्थायी समितिअघि बस्ने सचिवालय बैठकले स्थायी कमिटीको बैठकको कार्यसूची तय गर्ने लगायत अन्य विषयमा छलफल गर्ने बताइएको थियो।
अध्यक्ष प्रचण्डले स्थायी समितिमा पेश गर्ने राजनीतिक प्रतिवेदन लेखिरहेको र सोही कारणले आजको बैठक स्थगित भएको एक सचिवालय सदस्यले जानकारी दिए। उनका अनुसार अर्को बैठक भोलि बिहान ९ बजे बस्ने छ।
स्थायी समिति बैठक भने दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठक दुई दिनसम्म बस्न सक्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले २३ गतेको सचिवालय निर्णय सुनाउने क्रममा बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।