• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संस्थापन समूहको पौडेल पक्षलाई प्रश्न : खेलमा पराजित भएपछि मैदान नै भत्काइदिने?

64x64
नेपाल लाइभ शनिबार, मंसिर २८, २०७६  ०६:००
1140x725

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षले विधानकै आधार देखाएर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पेलेर जाने रणनीति बनाएको छ।

संशोधित विधानको दफा ३७ उपदफा (ढ) मा ‘केन्द्रीय कार्यसमितिले आवश्यकताअनुसार अन्य विभाग गठन गर्न र काम,कर्तव्य,अधिकार तोक्न सक्ने’ प्रावधानको आडमा विभागहरु गठन गर्न लागिएको हो। साेही प्रावधानकाे आधारमा संस्थापन पक्षले बहुमतीय प्रणालीमा निर्णय गर्ने  तयारी गरेको छ।

संशोधित विधानमा २८ विभागको व्यवस्था भएपनि सभापति शेरबहादुर देउवाले १३ विभाग थप्ने गरी बिहीबारको केन्द्रीय समिति बैठकमा प्रस्ताव पेश गरेका थिए।

केन्द्रीय विभागहरुलाई परिमार्जन र पुर्नगठन गर्न सकिने व्यवस्थालाई समेत आधार बनाएको उक्त समूहको तर्क छ। संस्थापन पक्षले विधानको दफा ५० को उपदफा ५ को प्रावधान समेत पौडेल पक्षलाई स्मरण गराएको छ।

महासमिति वा महाधिवेशनले अनुमोदन गर्ने गरी केन्द्रीय कार्यसमितिले कुनै विषयमा निर्णय लिन सक्ने व्यवस्था उक्त दफामा रहेको छ।

‘विधानको व्याख्या गर्ने र विधानमा उल्लेख भएका कुराहरुमा अपर्झट निर्णय गर्नु परेमा पार्टीको परम्परालाई ध्यानमा राखी केन्द्रीय कार्यसमितिले गर्न सक्नेछ।’ उक्त दफामा भनिएको छ,‘त्यस्तो निर्णयलाई पछि हुने महासमिति वा महाधिवेशनबाट अनुमोदन गराउनु पर्नेछ।’

बिहीबार बोलाइएको केन्द्रीय समितिको बैठकमा प्रस्तावित नौ एजेण्डा मध्ये आठौं एजेण्डामा पौडेल पक्षको आपत्ति छ। उक्त प्रस्तावमा देउवाले ४१ विभाग बनाउने गरी प्रस्ताव गरेका छन्। साथै, पौडेल पक्षले १४ औं महाविधेशनको कार्यतालिका बैठकमा पेश गर्नुपर्ने एकसूत्रीय माग अघि सारेको छ। सोहि मुद्दा उठाएर पौडेल पक्षका नेताहरुले बैठक बहिष्कार गरे। 

निर्वाचन समितिले गाउँपालिका,नगरपालिका र वडा स्तरको कार्यसमिति गठनको कार्य नसकिसकेकाले निर्वाचनको कार्यतालिका प्रस्तुत गर्न नसकिने संस्थापन पक्षको जिकीर छ। बिहीबारको बैठकमा निर्वाचन समितिका सदस्यहरुलाई पनि बोलाएर कार्यप्रगतिको विवरण लिइएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

मंसिर मसान्तसम्म तल्लो तहका कार्यसमिति गठन प्रक्रिया सक्ने गरी राधेश्याम अधिकारी संयोजक रहेको निर्वाचन समितिलाई कार्यादेश दिइएको थियो। उक्त समितिले निर्धारित समयमा आफ्नो कार्य भने सकेको छैन।

निर्वाचन कार्यतालिका बनाउनु अघि मातहतका संगठनहरुको गठनको अनिवार्यता रहेको देउवा पक्षको भनाइ छ। बिहीबारको केन्द्रीय समितिको बैठकमा निर्वाचन समितिका सदस्यहरुको कार्य प्रगति पौडेल समूहले सुन्नै नचाहेर गल्ति गरेको संस्थापन पक्षको आरोप छ।

बैठकमा प्रस्तुत भएका विषयमा बहसमा सहभागी भई विमति जाहेर गरी निस्कनुलाई मात्रै बहिष्कार भन्न सकिने देउवा निकट नेता मीन विश्वकर्माको तर्क छ। उनले भने,‘उहाँहरुले बैठक बहिष्कार भन्नुभएको छ। त्यसको विधि पुर्‍याउनुभएको छैन। बहिष्कारको ढंग पुगेको छैन। उहाँहरुको अनुपस्थिति मात्रै हो।’

संस्थापन पक्षका नेताहरुले पार्टी सहमति वा पद्धतिले चल्नुपर्नेमा त्यसलाई पौडेल पक्षले अस्वीकार गर्दै आएको आरोप लगाएका छन्। सहमति र पद्धति दुवै प्रक्रियामा पौडेल पक्षले भाँजो हाल्दै आएको उनीहरुको तर्क छ।

सहमतिमा निर्णय हुन सक्दैन भने पद्धतिअनुरुप बहुमतको बाटो अवलम्बन गर्नुपर्ने संस्थापन पक्षको अडान छ। असन्तुष्ट पक्ष सहमतिमा नआउने र बहुमतीय पद्धति पनि अस्वीकार गर्ने प्रवृत्ति पार्टीकै लागि घातक हुने देउवा निकट नेता मीन विश्वकर्माको तर्क छ।

उनले भने, ‘सहमति गराउनका लागि सभापतिले चार वर्ष कुर्नुभयो। सभापतिलाई अधिकार हुँदाहुँदै पनि सहमतिका लागि उहाँले (सभापति) कुर्नुभयो।’

विधानतः महाधिवेशन भएको दुई महिनामा विभागहरु गठन गरिसक्नुपर्ने व्यवस्था छ। समयमा विभाग गठन हुन नदिनुको प्रमुख दोष संस्थापन इतर समूहकै भएको देउवा पक्षको बुझाइ छ। १३ औं महाधिवेशन सकिएको २२ औं दिनमा देउवाले सभापतिका प्रतिस्पर्धी वरिष्ठ नेता पौडेल अर्का नेता कृष्णप्रसाद सिटौलालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।

उनले महामन्त्रीमा पराजित अर्जुनरसिंह केसी र गगन थापा र कोषाध्यक्षमा पराजित उमाकान्त चौधरीलाई पनि सोही दिन केन्द्रीय सदस्य बनाएका थिए। त्यसबेला पौडेलले आपत्ति जनाएका थिए। अन्य नेताहरुसरह भन्दा आफू वरियताका आधारमा अघि रहेको जनाउँदै उनले भनेका थिए, ‘मलाई र अरुलाई एकैपटक मनोनित गर्ने? मेरो मानमर्दन भयो।’ 

त्यसलगत्तै देउवा समयमै  विभाग गठन गर्ने प्रयासमा लागे। अर्को पक्षका नेताहरुसँग विभागमा रहने नेताको नाम माग गरे। कांग्रेसको सबै विभागमा गरी एक हजार दुई सय सदस्य अट्न सक्ने व्यवस्था छ। त्यसबेला देशभरबाट आएका करीब चार हजार नाम मुख्य सचिव कृष्णप्रसाद पौडेलले तयार गरेका थिए।

पौडेल पक्षकै कारणले विभाग गठन टर्दै आएको विश्वकर्माले आरोप लगाए।

‘अर्कमण्यता, निर्णय गर्न नसक्नेजस्ता आरोपसहित सभापतिलाई नै आक्षेप लगाउने कार्य भयो।’ केन्द्रीय सदस्य विश्वकर्माले भने, ‘सभापतिका दुई विकल्प रहे। सहमति वा पद्धति। सहमतिमा नआएपछि पद्धतिको विकल्प सुरु भएको हो।’ देउवालाई काम गर्न नदिएर १४औं महाधिवेशनमा काम गर्न नसक्ने सभापतिका रुपमा ‘खुइल्याउने’ पौडेल पक्षले रणनीति बनाएको संस्थापन पक्षका नेता तर्क गर्छन्।

पौडेल पक्षले सभापति देउवालाई बुझाएका नौ प्रस्ताव स्वीकार गर्दागर्दै पनि नयाँ ‘बखेडा’ झिकिएको संस्थापन पक्षका नेताहरुको तर्क छ। देउवाले बुझाएका नौं बुँदामा महाधिवेशनको कार्यतालिका नभएको विश्वकर्माले ठोकुवा गरे।

‘लोकतन्त्रमा विश्वास गर्ने पार्टीका नेताले सहमति वा पद्धति दुवै प्रक्रियालाई अस्वीकार गर्न कसरी मिल्छ?,’ पौडेललाई नेता विश्वकर्माले प्रश्न गरे।

बहुमतको आधारमा चुनिएका सभापतिलाई पौडेल पक्षले अप्ठ्यारो पारिरहेको संस्थापन पक्षको बुझाइ छ। खेलमा पराजित हुनेले मैदान नै भत्काउने प्रवृत्ति पार्टीमा देखिएको विश्वकर्माले आरोप लगाए।

देउवा पक्षले सहमति हुन सक्ने सम्भावनालाई कायम राख्दै शुक्रबार र शनिबार दुई दिनका लागि केन्द्रीय समितिको बैठक रोकिएको जनाएको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नेपाललाइभसँगको वार्तामा यसै बैठकले कार्यसम्पादन समिति पनि गठन गर्ने बताएका थिए। तर, बिहीबार प्रस्तावित छलफलका एजेण्डामा कार्यसम्पादन समिति गठन गर्ने विषय उल्लेख छैन।

फुटाइए विभाग
नव प्रस्तावित विभागमा देउवाले १३ विभाग थपेका छन्। विधानमा भएका २८ विभागलाई देउवाले फुटाएर संख्या बढाएका हुन्।

संवैधानिक कानुन तथा संसदीय मामिला विभागलाई विभाजन गरी संवैधानिक तथा कानुन विभाग र संसदीय मामिला विभाग बनाइएको छ।

संवैधानिक मामिला तथा स्थानीय तह विभागलाई  संवैधानिक कानुन विभाग र स्थानीय तह समन्वय विभाग बनाइएको छ। युवा तथा खेलकुद विभागलाई छुट्याएर तरुण र खेलकुद विभाग फरक फरक बनाइएको छ। कृषि तथा भूमिसुधार विभागलाई कृषि तथा किसान विभाग बनाइएको छ। प्राकृतिक स्रोत, जल तथा उर्जा विभागलाई प्राकृतिक श्रोत विभागमा सिमित गरिएको छ। शान्ति,सुरक्षा तथा प्रशासन सेवा विभागलाई हटाइएको छ। क्लष्टरका आधारमा समेत विभाग गठन गरिएको छ। दलित र मुस्लिम विभाग थपिएको छ। 

संशोधित विधानमा समावेश नभएको भूपू सैनिक,पिछडिएको क्षेत्र समन्वय विभाग,अन्य भ्रातृ संघ समन्वय विभाग तराइ-मधेस विभाग बनाइएको छ। 

महिला,तरुण र विद्यार्थीका लागि छुट्टै विभाग बनाइएको छ।

देउवालाई तेश्रो धारका नेताको साथ
बैठक बहिष्कार गर्न नहुने पक्षमा कृष्णप्रसाद सिटौला नेतृत्वको तेश्रो धार छ। बिहीबारको बैठकमा पौडेल पक्षका नेताहरु सहभागी नभएपनि तेश्रो धारका दुई नेता बैठकमा सहभागी भएका छन्। सिटौला पक्षका नेताका रुपमा चिनिएका केन्द्रीय सदस्यद्वय उमाकान्त चौधरी र शिव हुमागाईं बैठकमा सहभागी भएका हुन्।

कांग्रेस वृत्तमा चौधरी र हुमागाईंले गुट परिवर्तन गरेको चर्चा पनि पार्टीभित्र चलेको छ। संस्थापन पक्षका नेताहरु भेला भएको गोप्य बैठकमा चौधरी र हुमागाईं उपस्थित हुने गरेको संस्थापन पक्षका एक नेताले जानकारी दिए। नेता सिटौलाले उपत्यका बाहिर रहेकाले बैठकमा सहभागी भएनन्। उनी निकट केन्द्रीय नेता गगन थापा र प्रदीप पौडेल पनि बैठकमा सहभागी भएनन्।

पौडेल पक्षका रुपमा प्रचारित नेता महेश आचार्य बैठकमा सहभागी भएर आफ्ना धारणा समेत राखे। महेश आचार्य अर्का केन्द्रीय सदस्य नरहरी आचार्यले गुटबाहिरका नेताका रुपमा आफुलाई अर्थ्याउने पनि गरेका छन्। 

प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
सम्बन्धित सामग्री
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै उनले सीमा समस्या संवेदनशील विषय भएकाले यसलाई कूटनी... शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा ५ दिने भ्रमण सकेर नयाँ दिल्लीबाट उनी आज केही समय अघि नेपाल आइपुगेको लामिछानेको सचिवालयले... शुक्रबार, जेठ २२, २०८३
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ? समझदारी पत्रमा हस्ताक्षरसँगै प्रसाईँले आफ्नो नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ विसर्जन भएको घोषणा गरेका छन् । मलमास सकिए लगत्तै नयाँ... शुक्रबार, जेठ २२, २०८३
ताजा समाचारसबै
नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै शनिबार, जेठ २३, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर शनिबार, जेठ २३, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शनिबार, जेठ २३, २०८३
चुनौतीबीच जिम्मेवारी निर्वाह गर्न कानुन अधिकृतलाई मन्त्री गौतमको निर्देशन शुक्रबार, जेठ २२, २०८३
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए शुक्रबार, जेठ २२, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्