राजविराज– सप्तरीको तिरहुत गाउँपालिका ५ का कैलु ठाकुरको घरमा बिहीबार आगलागी भएको छ।
बालबालिकाले गँहु पोलेर खाने क्रममा सुरु भएको आगलागीमा ठाकुरको घर, अन्नपात, भाँडावर्तन, लत्ताकपडा, ८ हजार नगद, २ आना सुन, २८ तोला चाँदी जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
स्थानीयबासी र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा आएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।