काठमाडौं– शुक्रबारका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सारिएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थायी कमिटीमा पेस गर्ने प्रतिवेदन लेखनमा व्यस्त भएपछि बैठक शनिबारका लागि सारिएको हो।
नेकपा स्थायी कमिटी बैठक मंसिर २९ देखि बस्दैछ। अध्यक्ष प्रचण्डले उक्त बैठकमा पेस गर्ने प्रतिवेदन लेख्नका लागि केही दिनदेखि कार्यक्रमका साथै भेटघाट समेत बन्द गरेका छन्।
नेकपा सचिवालयले शनिबार ३ बजेसम्म लागि सचिवालय बैठक सारिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।