एजेन्सी- भारतकाे आसामस्थित गुवाहाटी सहरमा नागरिकता संशोधन विधेयकको विरोध गर्दै भएकाे प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुई जनाकाे मृत्यु भएको छ। प्रहरी महानिर्देशक भास्कर ज्योति महन्ताले यसकाे पुष्टि गरेकाे बीबीसीले जनाएकाे छ।
झडपमा केही प्रहरीहरू पनि घाइते भएका छन्। पीटीआईका अनुसार गाेली लागेर घाइते भएका मध्ये एक जनाकाे गुवाहाटी मेडिकल कलेजमा उपचारका लागि लैजाँदै गर्दा र एक जनाकाे उपचारका क्रममा मृत्यु भएकाे अस्पतालका अधिकारीले बताएका छन्। सहरमा कर्फ्यू भए पनि हजारौं मानिसहरू बिहीबार सडकमा उत्रिएका थिए।
नागरिकता संशोधन विधेयककाे विराेधमा प्रदर्शन हुन थालेपिछ कर्फ्यू लगाएकाे छ। डिब्रुगढ, गुवाहाटी र तिनसुकियामा कर्फ्यू जारी छ। आसामका १० जिल्लामा मोबाइल ईन्टरनेट सेवामा लगाइएकाे प्रतिबन्ध शनिबारसम्म बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।