• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चैत-बैशाखमा खनेका सडक असार-साउनमा पहिरो बन्छन्

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २७, २०७६  ०६:००
1140x725

रोल्पा- अघिल्लो वर्ष पहिरोमा परि रोल्पाको थवाङ गाउँपालिका २ मा ६ जनाले ज्यान गुमाए। ज्यान गुमाउनेहरू २ परिवारका थिए। पहिरोका कारण घर असुरक्षित रहेको भन्दै छिमेकी घरमा सुरक्षा लिन पुगेका परिवारसमेतको उक्त पहिरोमा परेर ज्यान गुमेको थियो। 

सोही वर्ष  सुनछहरी गाउँपालिका १ फुलिवनमा आएको पहिरोमा च्यापिएर स्थानीय पृथबहादुर घर्तीका १४ वर्षीय छोरा शुकबहादुर घर्तीको मृत्यु भयो । तीजको नाच हेरेर भदौ १८ गते बिहान घर फर्कँदै गरेका घर्ती एक्कासी पहिरोमा परेका थिए।
बिहानै पहिरोमा परेका उनलाई दिउँसोमात्रै उद्धार गरिएको थियो।  स्थानीय फुलिवन बजारमा सुतेर बिहानै घर जान हिँडेका उनी फुलिवननजिक रहेको झंकी खोलाबाट आएको पहिरोमा परेका थिए। लामो समयसम्म पहिरोमा फसेका शुकबहादुरको घटनास्थलमै मृत्यु भएको थियो। 

रोल्पामा पहिरोका कारण बर्सेनि धेरै धनजनको क्षति हुने गरेको छ। पहिरोका कारण जनधनको क्षतिका साथै वस्ती नै सार्नुपर्ने अवस्था देखिएको छ। भौगोलिक अध्ययन र इन्जिनियरिङ डिजाइनविना खनिएका सडकका कारण जिल्लाका विभिन्न स्थान पहिरोको उच्च जोखिममा परेको छ।

सुनछहरी गाउँपालिका ३,४ र ५ पहिरोको उच्च जोखिममा छ।  गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीका अनुसार ती वडाका तीन सय ६० घर अत्यन्तै  जोखिममा छन्। बस्तीमा रहेको वडा कार्यालय, स्वास्थ्य चौकी भवन र विद्यालय पनि उच्च जोखिममा छन्। वस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था देखिन थालेको गाउँपालिका अध्यक्ष घर्तीको  भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

जिल्लाकै सुनछहरी गाउँपालिका ६ फगामको आप्राखोला पहिरोका कारण गाउँलेहरू त्रासदीपूर्ण दैनिकी बिताउन वाध्य छन्। पहिरोले वस्ती उजाड बनाउनुका साथै धनजनको क्षति आँकलन गर्न नसकिने अवस्थामा भएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताए। ‘तत्कालीन राजा महेन्द्रको पालामा वस्ती स्थानान्तरणको प्रयास गरिए  पनि स्थानीयहरू सहमत नहुँदा सम्भव भएन,’ गाउँपालिका अध्यक्ष पुनले भने। 

सोही गाउँपालिकाको जैमाकसला,सेरमका वस्ती पनि उच्च जोखिममा छन्। पहिरोका  कारण वडा नम्बर १ झाँकीको स्वरुप नै बदलिएको छ। सो वस्तीमा गतवर्ष ४० घर विस्थापित भएको गाउँपालिका अध्यक्ष पुनको भनाइ छ। उक्त गाउँका १६४ घरधुरीलाई स्थानान्तण गनुपर्ने देखिएको छ,’ अध्यक्ष पुनले भने।

पहिरोको मुख्य कारक मान्छे भएको विपद व्यवस्थापनका विज्ञ डा. दीपक चम्लागाईंको भनाइ छ। माघ– फागुन–चैतमा खनेको सडक नै असार–साउनमा पहिरो बन्छ,’ उनले भने। वन तथा संरचना निर्माणमा संहितालाई कडाइका साथ लागू नगरेकै कारण पहिरोको विपद बढ्दै गएको चम्लागाईको भनाइ छ। नेपालमा विपदबाट सिर्जित गरिबीको संख्या वढ्दै जान थालेको उल्लेख गर्दै उनले घरभित्र खोला हैन खोलाभित्र घर पसेका कारण बाढीको प्रकोप बढ्दै गएको बताए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पहिरो नक्सांकन हुन नसक्दा बढीमात्रामा क्षति व्यहोर्नु परेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकरप्रसाद खरेलको भनाइ छ। बाढीको जस्तै पहिरोको पनि पूर्वसूचना प्रणाली जडान गरि क्षति न्यूनिकरण गर्न सकिने उनले बताए। प्रदेशभित्र हुने विपद बाढी र पहिरो नै मुख्य जोखिमको रुपमा देखिएकाले त्यसका लागि प्रदेश सरकार परिणाममुखी कामको तयारीमा रहेको प्रदेश सचिव खरेलको भनाइ छ।

अघिल्लो वर्ष ५ नम्बर प्रदेशमा पहिरोका कारण १५० ले ज्यान गुमाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा  प्रमुख हरिहर पोख्रेलले जानकारी दिए। ‘जनताले तिरेको करबाटै जनताको धनजनको क्षति भईरहेको छ,’ उनले भने। 

प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायलमा निर्वाचन : बेन्जामिन नेतान्याहुका लागि परीक्षा
‘लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छ’ : प्रदीप पौडेल
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम
सम्बन्धित सामग्री
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम पोखरेलका अनुसार अर्णब चक्रवात हाल बंगालको खाडीमा अति शक्तिशाली चक्रवाती आँधीका रूपमा रहेको छ । उक्त चक्रवात भोलिसम्म भारतको विशाखापट... मंगलबार, कात्तिक १०, २०८३
विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषदको ६ सदस्यका लागि सिफारिस आव्हान विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले सूचना जारी गर्दै विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा योगदान पुर्‍याएका... मंगलबार, कात्तिक १०, २०८३
गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड रुपैयाँको खोप सहायता स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको कूटनीतिक पहल र संवादमार्फत नेपालले उक्त सहायता सुनिश्चित गरेको हो। मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
इजरायलमा निर्वाचन : बेन्जामिन नेतान्याहुका लागि परीक्षा मंगलबार, कात्तिक १०, २०८३
‘लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छ’ : प्रदीप पौडेल मंगलबार, कात्तिक १०, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
एनपीएल: विराटनगरले चितवनविरुद्ध पहिले बलिङ गर्दै मंगलबार, कात्तिक १०, २०८३
विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषदको ६ सदस्यका लागि सिफारिस आव्हान मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्