काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षले बहुमतका आधारमा विभाग गठन गर्ने तयारी गरेको छ।
पार्टी संस्थापन इतरका दुई समूहका नेताहरुको बैठक बहिष्कार गरेपनि संस्थापन पक्षले ४१ विभाग बनाउन लागेको हो। महाधिवेशनलाई बैठकको मूख्य कार्यसूचि बनाउन देउवा इतर समूहले माग गरेको थियो।
संस्थापन इतरका नेताहरु केन्द्रीय कार्यालयमा पुगेर पनि बैठकमा सहभागी भएका थिएनन्। संशोधित नयाँ विधानमा २८ विभागको प्रावधान भएपनि देउवाले ४१ विभागको प्रस्ताव गरेका थिए।
देउवाको प्रस्तावलाई बहुमतको आधारमा पारित गर्ने तयारी छ। केन्द्रीय समिति बैठकमा १३ विभाग थप्ने गरी प्रस्ताव गरिएको छ।
विधानको २०१७ (संशोधन सहित) को धारा ३७ (१) (क) मा व्यवस्था अनुरुप विभागहरुलाई परिमार्जन र पुर्नगठन गरी धारा ३७ (२) ले गठन गरिएको केन्द्रीय समितिको निर्णयमा उल्लेख गरिएको छ।
कांग्रेसका ४१ विभागः
१.सङ्गठन विभाग
२. सूचना, सञ्चार तथा प्रचार विभाग
३. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
४. राज्य प्रशासन विभाग
५. आर्थिक नीति तथा योजना विभाग
६. अभिलेख, अनुगमन तथा मुल्याङ्कन विभाग
७. नेपाली जनसम्पर्क समिति समन्वय विभाग
८. संघीय मामिला तथा प्रदेश समन्वय विभाग
९. संसदीय मामिला विभाग
१०. संवैधानिक तथा कानुन विभाग
११. स्थानीय तह समन्वय विभाग
१२. महिला विभाग
१३. तरुण विभाग
१४. विद्यार्थी विभाग
१५. जिल्ला सम्पर्क समिति समन्वय विभाग
१६. पेशागत तथा बुद्धिजीवि विभाग
१७. शिक्षा विभाग
१८. स्वास्थ्य विभाग
१९. गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग
२०. उद्योग व्यापार विभाग
२१. पर्यटन विभाग
२२. निर्माण, यातायात तथा व्यवसाय समन्वय विभाग
२३. कृषि तथा किसान विभाग
२४. आदिवासी जनजाती विभाग
२५. खेलकुद विभाग
२६. प्राकृतिक श्रोत विभाग
२७. साहित्य, कला तथा संस्कृति विभाग
२८. श्रम, वैदेशिक रोजगार समन्वय एवं आप्रवासन विभाग
२९. फरक क्षमता समन्वय एवं उत्प्रेरणा विभाग
३०. दलित विभाग
३१. द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग
३२. मुस्लिम विभाग
३३. वन तथा वातावरण विभाग
३४. तराई मधेश विभाग
३५. वित्तिय संस्था तथा सहकारी समन्वय विभाग
३६. पिछडिएको क्षेत्र समन्वय विभाग
३७. विज्ञान तथा प्रविधि विभाग
३८. भू.पू. सैनिक विभाग
३९. अन्य पार्टी सम्पर्क र समन्वय विभाग
४०. शुभेच्छुक संस्था समन्वय विभाग
४१. अन्य भ्रातृ संघ समन्वय विभाग
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।