एजेन्सी- बंगलादेशका विदेश र गृहमन्त्रीले आफ्नो भारत भ्रमण रद्द गरेका छन्।
विदेशमन्त्री अब्दुल मोमिन र गृहमन्त्री असदुज्जमान खानले आफ्नो भारत भ्रमण रद्द गरेका हुन्। विदेशमन्त्री अब्दुल मोमिन १२ देखि १४ डिसेम्बरमा भारत आउने कार्यक्रम तय भएको थियो। त्यस्तै गृहमन्त्री खान १३ डिसेम्बरमा भारत आउने कार्यक्रम तय भएको थियो। बंगलादेशका उच्च आयुक्त स्रोतका अनुसार यसरी एक्कासी तय भएको भारत भ्रमण रद्द हुनुको कुनै कारण उल्लेख गरिएको छैन।
भारतीय समाचार एजेन्सी पीटीआई र एएनआईले कुटनीतिक स्रोतलाई हवाला दिँदै यो खवर सार्वजनिक गरेका हुन्। विदेशमन्त्रीले देशभित्रको अवस्था ठिक नभएकाले भारतयात्रा रद्द गरेको दाबी गरेका छन्। भारतमा नागरिकता संशोधन विधेयकमा व्यापक विरोध भइरहेको छ। संसदमा गृहमन्त्री अमित शाहले बंगलादेशबाट शरणार्थी भएकाहरुलाई भारतमा शरण दिने गरी बनेको विधेयकमाथि टिप्पणी गरेपछि विवाद हुदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।