चितवन– जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले २० वर्ष पुराना सवारी साधन नियन्त्रणमा लिन शुरु गरेको छ।
यातायात व्यवस्था विभागको निर्देशन अनुसार पुराना सवारी नियन्त्रणमा लिन शुरु गरिएको हो। आज बिहान ११ बजेसम्म ३ वटा सवारी नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार जिल्लाको खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाको गोन्द्राङबाट एक/एक वटा ट्रक र भरतपुरकै आँपटारीबाट एउटा बस नियन्त्रणमा लिइएको छ।
जिल्लाका अन्य क्षेत्रमा पनि कडाइका साथ जाँच भइरहेको उनले बताए। नियन्त्रणमा लिइएका सवारी साधनलाई यातायात व्यवस्था कार्यालय भरतपुरमा बुझाइने उनले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।