बार्सिलोना–स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेसीले युरोपियन च्याम्पियन्स लिगमा सय गोलको कोशेढुंगा पार गरेका छन्।
बुधबार राति इंग्लिस क्लब चेल्सी विरुद्ध २ गोल गरेसँगै मेसीले युरोपियन च्याम्पियन्स लिगमा सय गोल पूरा गरेका हुन्। खेलमा मेसीले तेस्रो र ६३ मिनेटमा गोल गरेका थिए। पहिलो गोल मेसीका लागि करिअरकै छिटो गोल हो। उनले खेलको २ मिनेट ८ सेकेन्डमा गोल गरेका थिए।
मेसीको गोलसँगै बार्सिलोनाले चेल्सीमाथि समग्रमा ४–१ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको छ।
च्याम्पियन्स लिगमा सय गोल पूरा गर्ने मेसी दोस्रो खेलाडी बनेका छन्। यसअघि स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले सय गोल पूरा गरेका थिए।
सय गोल पूरा गर्दा मेसीले रोनाल्डो भन्दा कम खेल खेले। मेसीले १ सय २३ खेलमा सय गोल पूरा गर्दा रोनाल्डोले १ सय ३७ खेलमा सय गोलको कोशेढुंगा पार गरेका थिए।
मेसीले च्याम्पियन्स लिगमा सवैभन्दा बढी गोल इंग्लिस क्लब आर्सनल विरुद्ध गरे। उनले आर्नसल विरुद्ध ९ गोल गरेका छन्। मेसीले समग्र इंग्लिस क्लब विरुद्ध २० गोल गरेका छन्।
कसरि गरे गोल ?
देब्रे खुट्टाले – ८० गोल
दाहिने खुट्टाले– १६ गोल
हेडमार्फत– ४ गोल
डिबक्स भित्रबाट– ८६ गोल
डिबक्स बाहिरबाट –१४ गोल
अंकमा मेसी
बर्सिलोनाका लागि ६ सय २५ खेलमा ५ सय ४१ गोल
क्लब र देशका लागि गरी कुल ६ सय २ गोल
क्लब र क्लबका लगि २ सय ४७ एसिस्ट
खेल जीवनमा ४४ ह्याट्रिक
पाँच पटक एकै सिजनमा ५० भन्दा बढी गोल
च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता
क्रिस्टियानो रोनाल्डो – ११७ गोल– १४८ खेल
लियोनल मेसी– १०० गोल– १२३ खेल
राउल– ७१ गोल– १ सय ४२ खेल
रुड भान निस्टलरोए– ५६ गोल – ७३ खेल
करिम बेन्जिमा– ५३ गोल– १०० खेल
थिएरी हेनरी– ५० गोल– ११२ खेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।