काठमाडौं- सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कुटनीति हल्लाको माध्यमबाट नहुने प्रष्टाएका छन्।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘विशेष दूतको विषय मिडियाबाटै थाहा पाएँ। विशेष दूत सरकारले पठाउन सक्छ।’ सरकारले सीमा प्रकरण साम्य बनाउन सरकारले कुटनीतिक नोट पठाउनुलाई ऐतिहासिक कार्य बताए।
विशेष दूतका लागि भित्रि तयारी भएको बताउँदै उनले व्यक्ति निश्चित नभएको जनाए।
नेपालको प्रमाणका आधारमा भारतले सत्य स्विकार्ने उनले विश्वास गरे। अन्तर्राष्ट्रिय ‘पावर’का रुपमा भारत अघि बढेकाले भारतकै हितमा सीमाका समस्या निराकरणले हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।