काठमाडौं- वातावरण अभियन्ता किशोरी ग्रेटा टुन्बेर्ग चर्चित अमेरिकी टाइम म्यागेजिनको वर्ष व्यक्ति घोषित भएकी छन्।
जलवायु परिवर्तनबारेको विश्वव्यापी अभियानमा निकै लोकप्रिय र प्रेरणादायी बनेकी १६ वर्षीया टुन्बेर्गलाई टाइम म्यागेजिनले सन् २०१९ का लागि वर्ष व्यक्ति बनाएको हो ।
उनी सन् १९२७ देखि म्यागेजिनले वर्ष व्यक्ति घोषणा गर्ने परम्परा थालेयता छानिएकी सबैभन्दा कान्छी व्यक्ति हुन्।
वर्ष व्यक्ति घोषित भइरहँदा उनी म्याड्रिडमा चलिरहेको संयुक्त राष्ट्रसङ्घको एउटा जलवायु सम्मेलनमा बोलिरहेकी थिइन्।
गत सेप्टेम्बरमा न्युयोर्कमा भएको जलवायु सम्बन्धी सम्मेलनमा नेताहरू लक्षित एउटा आक्रोसपूर्ण मन्तव्य दिएपछि उनको चर्चा झन् चुलिएको थियो।
‘खोक्रा शब्दहरूले तपाईंहरूले हाम्रो, मेरा सपनाहरू र मेरो बाल्यकाल चोर्नुभएको छ,’ उनले भनेकी थिइन, ‘हामीहरूले तपाईंहरूलाई हेरिरहेका छौँ।’
गत वर्षदेखि प्रत्येक शुक्रबारर आफ्ना कक्षाहरू छाड्दै स्विडिस किशोरी टुन्बेर्गले त्यहाँको संसदबाहिर धर्ना दिन सुरु गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।