• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतीय नागरिकता संशोधन विधेयक : सडकमा प्रदर्शन, सदनमा चर्काचर्की

नेपाली भाषी पनि उत्रिए आन्दोलनमा
64x64
नेपाल लाइभ बुधबार, मंसिर २५, २०७६  १७:५६
1140x725

काठमाडौं- भारतमा नागरिकता संशोधन विधेयकविरुद्ध चर्को प्रदर्शन सुरु भएको छ। देशभर जारी प्रदर्शनका बीच भारतीय गृहमन्त्री अमित शाहले बुधबार नागरिकता संशोधन विधेयक राज्यसभामा पेस गरेका छन्। 

विधेयक पेस गर्दै उनले राज्यसभामा भने, ‘भारतीय जनता पार्टीले आफ्नो घोषणा पत्रमा यो कुराको घोषणा गरेको थियो। हामीले यसलाई जनतासमक्ष राख्यौं र हामीलाई जनसमर्थन र जनादेश मिल्यो। हामीले लेखेका थियौं कि छिमेकी देशमा प्रताडित धार्मिक अल्पसंख्यकको संरक्षणका लागि नागरिकता संशोधन विधेयक लागू गर्नका लागि प्रतिबद्ध छौं। साथै हामीले यो पनि भनेका थियौं कि पूर्वोत्तर राज्यमा कानुनका बारेमा आशंका व्यक्त गरेका सबैलाई यो मुद्दा स्पष्ट गर्ने प्रयास गर्नेछौं। पूर्वोत्तर राज्यका जनताको भाषा, सांस्कृतिक तथा समाजिक रक्षाका लागि हामी आफ्नो प्रतिबद्धता दोहोर्‍याउँछौं।’

उनले मुस्लिमबाहेक अरु सबै अल्पसंख्यकलाई भारतको नागरिकता प्रदान गरिने पनि बताए। उनले भने, ‘भारतको सीमालाई छुने तीन देश पाकिस्तान, बंगलादेश र अफगानिस्तानका हिन्दू, जैन, बौद्ध, सिख, इसाइ र पासरी जो भारतमा आएका, कुनै पनि समय आएका किन नहुन् उनीहरुलाई नागरिकता प्राप्त गर्ने प्रावधान विधेयकमा प्रावधान छ।’

मुस्लिम समुदायलाई भेदभाव गर्ने गरी विधेयक ल्याएको भन्दै मुस्लिम समुदायबाट त्यसको तीब्र विरोध भइरहेको प्रति प्रतिक्रिया जनाउँदै उनले भने, ‘भारतीय मुस्लिम सुरक्षित छन् र सँधै सुरक्षित रहनेछन्।’

विपक्षी कांग्रेस आइका सांसद एवं पूर्व गृहमन्त्री पी चिन्दबरमले मोदी सकारलाई चुनौती दिएका छन्। उनले सरकारले ल्याएको विधेयक पूर्णरुपमा गैरसंवैधानिक रहेको बताए। ‘जुन सहि हो त्यो पालन गर्ने हाम्रो जिम्मेवारी बन्छ,’ शाहको भनाइको प्रतिवाद गर्दै राज्यसभामा उनले भने, ‘यदि हामीले गैरसंवैधानिक विधेयक पारित गर्‍यौं भने पनि यसको भविष्य पछि सर्वोच्च  अदालतले तय गर्ने छ।’

यो विधेयक मुसलमान विरुद्ध भएको र यसले भारतीय संविधानको अनुच्छेद–१४ मा व्यवस्था गरिएको समानताको अधिकारको उल्लंघन हुने विपक्षी पार्टीको भनाइ छ।

एक धर्मनिरपेक्ष देशले कसैलाई धर्मका आधारमा भेदभाव कसरी गर्न सक्छ भन्ने उनीहरुको प्रश्न छ। भारतका पूर्वोत्तर राज्यका असाम, मेघालय, मणिपुर, मिजोम, त्रिपुरा, नागाल्यान्ड र अरुणाञ्चल प्रदेशमा पनि विधेयकको जोडतोडका साथ विरोध भइरहेको छ। 

Ncell 2
Ncell 2

यी राज्यका सीमा बंगलादेशको सीमासँग नजिक छ। त्रिपुरामा प्रदर्शन हिंसात्मक भएपछि त्यहाँ सेना समेत परिचालन गरिएको छ। 

बंगलादेशबाट यी राज्यमा हिन्दू र मुस्लिम दुवै आएर बसेका भए पनि अहिले हिन्दूलाई मात्रै नागरिकता दिन लागिएको भन्दै विरोध भएको हो। 

मोदी सरकारले हिन्दू मतदातालाई आफ्नो पक्षमा पार्नका लागि पनि यो विधेयक ल्याएको भन्दै विरोध गर्नेहरु पनि छन्। एनआरसी बाहिर रहेका अवैध हिन्दूलाई सूचिमा पुनः पार्नका लागि पनि यो विधेयक ल्याइएको भनेर आरोप लगाउनेहरु पनि छन्। 

नागरिकता संशोधन विधेयकविरुद्ध पूर्वोत्तर भारतको आसाम राज्यका नेपालीभाषी पनि उत्रिएका छन्। विधेयकको विरोधमा आसामका आदिवासीहरूले गरिरहेको आन्दोलनमा नेपालीभाषीहरू पनि सहभागी भएका हुन्। 

यसअघि भारतीय नागरिकहरुको सूचि राख्न बनाएको नेशनल सिटिजन रजिस्टर(एनआरसी)मा आफ्नो नाम नसमेटिएपछि असामका नेपाली भाषीले त्यसको पनि विरोध गरेका थिए। 

गृहमन्त्री शाहले भने नेपाली भाषी भारतीय र नेपालीलाई भारतको नागरिकता लिन कुनै बाधा नभएको बताएका थिए। ‘जहाँसम्म नेपालीको कुरा छ, मान्यवर ! सन् १९५०, ३१ जुलाईमा भारत-नेपाल शान्ति एवं मैत्री सन्धि अनुच्छेद ७मा दुवै देश आफ्नो-आफ्नो क्षेत्रमा दोस्रो देशका नागरिकलाई निवास, सम्पत्तिको स्वामित्व, व्यापार, वाणिज्यसम्बन्धी अधिकार दिनका लागि सहमत भएका छन्,’ नागरिकता संशोधन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिन सोमबार राति लोकसभामा उपस्थित भएका शाहले भनेका थिए, ‘नेपाली नागरिकलाई पनि अर्जी (आवेदन) का आधारमा आज पनि सजिलैसँग नागरिकता मिलिरहेको छ। यसमा कुनै बाधा छैन।’

के छ संसोधन विधेयकमा?
यस विधेयकमा बंगलादेश, अफनानिस्तान र पाकिस्तानका छ अल्पसंख्यक (हिन्दू, बौद्ध, जैन, पारसी, इसाइ र सिख) सँग सम्बन्धित मानिसलाई भारतीय नागरिकता दिने प्रस्ताव छ। 

विद्यमान व्यवस्था अनुसार  कुनै पनि व्यक्ति भारतीय नागरिकता लिन कम्तिमा पनि ११ वर्ष भारतमा अनिवार्य रुपमा रहनुपर्छ। विधेयकमा छिमेकी देशका अल्पसंख्यकका लागि दिइएको उक्त समायअवधि ११ वर्षबाट घटाएर ६ वर्ष पुर्‍याइएको छ। जसका लागि नागरिकता अधिनियम १९५५मा केही संशोधन गरिनेछ जसले मानिसलाई नागरिकता प्राप्त गर्नका लागि कानुनी मद्दत गर्नेछ। 

अहिलेको कानुनले भारतमा अवैध तरिकाले बस्ने मानिसलाई नागरिकता दिँदैन र उनीहरुलाई आफ्नै देशमा फर्काउनका लागि हिरासतमा समेत राख्‍ने प्रावधान छ।

प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  १७:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
साफ यु-१९ महिला च्याम्पियनसिप : उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दै
सिन्दूर, टुथपेस्ट र गाजलमा लिडको अधिक मात्रा भेटियो, जनस्वास्थ्यमा गम्भीर असर
सम्बन्धित सामग्री
कोलम्बियामा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु १३ यात्रु र दुई चालक दलका सदस्य विमानमा रहेकोमा सबैको मृत्यु भएको हो । बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन भारतीय सञ्चार माध्यमहरुका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो । बुधबार, माघ १४, २०८२
होलोकास्ट स्मृति दिवस : छ लाख यहुदीप्रति श्रद्धाञ्जली संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जनवरी २७ मा होलोकास्ट बुधबार, माघ १४, २०८२
ताजा समाचारसबै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने शनिबार, माघ १७, २०८२
साफ यु-१९ महिला च्याम्पियनसिप : उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दै शनिबार, माघ १७, २०८२
सिन्दूर, टुथपेस्ट र गाजलमा लिडको अधिक मात्रा भेटियो, जनस्वास्थ्यमा गम्भीर असर शनिबार, माघ १७, २०८२
यस्तो छ आजका लागि फलफूल र तरकारीको थोक मूल्य शनिबार, माघ १७, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा शुक्रबार, माघ १६, २०८२
बालेनको प्रचारमा गएका पत्रकार सिटौला अचानक ढलेपछि सेनाको जहाजमा काठमाडौं ल्याइँदै शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्