डोल्पा- डोल्पाको ठूलीभेरी नगरपालिकाको केन्द्र जुफाल नै कायम हुने भएको छ।
दुनैबाट केन्द्र जुफाल सार्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएकोमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै केन्द्र जुफाल नै रहने भएको हो।
मन्त्रिपरिषद्को गत माघ २६ को निर्णयबाट नगरपालिकाको केन्द्र दुनैबाट जुफाल बनाएर फागुन १४ गतेको राजपत्रमा प्रकाशन गरिएपछि दुनैवासीले विरोध गरेका थिए।
केन्द्र परिवर्तन गर्ने निर्णय बदर गरी कार्यालय सार्न रोक्का गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको थियो। यही फागुन २७ गतेको आदेशमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।