काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन्।
उद्घाटन र समापन समारोहमा सरिक हुन नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले विजेता खेलाडीलाई पुरस्कार दिने घोषणा गरेका हुन्।
चारवटा स्वर्ण पदक जित्ने गौरिका सिंहलाई सरकारले ११ लाख रुपैयाँ दिने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा पदक विजेता खेलाडीलाई बालुवाटार बोलाएर पुरस्कार राशिको घोषणा गरेका हुन्। प्रधानमन्त्री ओलीले स्वर्ण पदक विजेता खेलाडीलाई जनही ९ लाख र एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन्।
सागमा रजत जित्ने खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई ३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा पनि प्रधानमन्त्रीले गरेका छन्।
सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र कास्य ९५ गरी कुल २ सय ६ पदक जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।