रत्ननगर, चितवन- रत्ननगर नगरपालिका–७ स्थित खोरसोरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
सौराहा नजिकै रहेको खोरसोरस्थित मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएकी स्थानीय ५० वर्षीया पन्वीमायाँ थारुको हात्तीले आक्रमण गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
बुधबार दिउँसो १ बजे घाँस काट्न गएकी उनलाई चितवन निकुञ्जबाट निस्किएको जंगली हात्तीले आक्रमण गरेको थियो। उनीसँगै घाँस काट्न गएका अन्य महिला भने भाग्न सफल भएका थिए ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाए पनि निकुञ्जका प्रमुख संरक्षण अधिकृत नआएको भन्दै स्थानीयवासीले शव उठाउन दिएका छैनन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।