एजेन्सी- अमेरिकाको न्यु जर्सी सहरमा गाेली चल्दा एक प्रहरी अधिकारीसहित ६ जनाकाे मृत्यु भएकाे छ। घटनामा अन्य दुई प्रहरी घाइते भएका छन्। सहरको हरित क्षेत्र इलाकामा आक्रमणकारी र प्रहरीबीच करिब एक घण्टा फायरिङ भएकाे थियाे।
गोली चलाउनेकाे पहिचान हुन सकेकाे छैन। अधिकारीहरुले यो आतंकवादी आक्रमण हुनसक्ने बताएका छन्।
मारिने १३ वर्षदेखि जर्सी शहरको प्रहरी सेवामा रहेका ३९ वर्षीय जोसेफ सिल्स रहेका छन्।
स्थानीयबासीका अनुसार गोलीबारीको सुरुआत एक पसलबाट भएको थियो। जहाँ दुई संदिग्ध व्यक्ति लुकेका थिए। पसलभित्र रहेका तीन व्यक्ति पनि मारिएका छन्।

प्रहरीले आक्रमणकारीबाट राइफल र त्यसमा लाग्ने सयाैं राउण्ड गोली बरामद गरेकाे छ।
स्थानीय समयअनुसार मध्याह्न १२ बजेतिर घटना भएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।