काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग)मा विजेता खेलाडीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार आमन्त्रण गरेका छन्।
सागमा स्वर्ण, रजत र कास्य पदक विजेता नेपाली खेलाडीहरुलाई प्रधानमन्त्री ओलीले बधाई दिन बालुवाटार आमन्त्रण गरेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 'नेपाल सरकारले राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीहरूको सम्मानमा उहाँले सम्बोधन गर्नुहुनेछ', थापाले ट्विट गरेका छन्।
प्रधानमन्त्रीको सम्बोधनको समय दिउँसो सवा २ बजेलाई तोकिएको छ। मंगलबार साग समापन समारोहलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्रीले सम्बद्ध सबैलाई धन्यवाद दिएका थिए।
१३औं सागमा नेपालले ५१ स्वर्ण जित्दै दोस्रो भएको छ। नेपालको रजत र कास्यको संख्या क्रमशः ६० र ९५ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।