लहान- रोकेर राखेको बसमा मोटरसाइकल ठोक्किँदा सिरहामा दुई जनाको मृत्यु भएको भने दुई जना घाईते भएका छन्।
४ जना सवार पूर्व जाँदै गरेको अनटेस्ट मोटरसाइकल पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–३ रघुनाथपुर चोकमा रोकेर राखिएको ना४ख ३५० नम्बरको बसमा ठोक्किएको थियो।
दुर्घटनामा सप्तरीको खड्ग नगरपालिका–४ पन्सेराका २३ वर्षीय टुरा सरदार, २४ वर्षीय नन्दी सरदार, २२ वर्षीय सन्तोष सरदार र २३ वर्षीय श्याम चौधरी घाइते भएका थिए। उनीहरुलाई उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल भर्ना गरिएको थियो। अस्पतालले रेफर गरेपछि विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा टुरा र नन्दीको मृत्यु भएको छ भने सन्तोष र श्यामको उपचार भइरहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।