• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

...फेरि उत्सवमा फुटबल

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २४, २०७६  २१:१७
1140x725

काठमाडौं- दशरथ रंगशालामा १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गर्दै स्वर्ण जित्यो। नेपालले सन् १९८४, १९९३ र २०१६ मा पनि साग फुटबलमा स्वर्ण जितेको थियो। यति नै बेला धेरैको स्मृतिमा भने २०१६ मा भारतमा भएको साग फुटबल आइरहेका छ।

२०१६ फेब्रुअरी १५ मा १२औं सागमा फुटबलको फाइनल खेल चलिरहेको थियो। त्यसअघि नेपालका लागि जुडोमा फुपुल्हामु खत्री र उसुमा निमा घर्तीमगरले मात्रै स्वर्ण पदक दिलाएका थिए। पदक तालिकामा नेपालको अवस्था निकै नाजुक थियो।

घरेलु टोली भारत र नेपालबीचको फुटबल फाइनल खेल जब इन्दिरा गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सुरु भयो तब नेपाली दर्शकमा अर्को स्वर्णको आश सञ्चार भयो। तर, खेलको ३०औं मिनेटमा नै होलिचरण नर्जरीले गोल गर्दै भारतलाई अग्रता दिलाए। त्यसले केही दिनअघिसम्मको भारतको नाकाबन्दीले चिढिएका दर्शक अझ स्तब्ध भए। 

कमजोर बनिरहेको जितको मानसिकता एकाएक उचालियो जब खेलको ६५औं मिनेटमा प्रकाश बुढाथोकीले उत्कृष्ट फ्रिकिक प्रहार गर्दै नेपाललाई बराबरी दिलाए। सागमा मात्रै होइन नेपाली फुटबलमा नै त्यो गोलको उचाइ ठूलो छ।

पहिलो गोलले हौसिएको नेपालका लागि सेमिफाइनलमा ह्याट्रिक गोल गरेका नवयुग श्रेष्ठले ७० औं मिनेटमा गोल गर्दै २–१ गोलको अग्रता दिलाए। त्यही गोल थियो जसले नेपालले आफूमाथिको नाकाबन्दीको बदला फुटबलमार्फत लिएको आम दर्शकलाई सन्तुष्टी मिल्यो। 

दोस्रो गोलपछि नेपालले पूरै रक्षात्मक खेल खेल्दै स्वर्ण पदक जित्न सफल भयो। यहि त्यस्तो स्वर्ण पदक थियो जसले अन्य खेलमा आएको निराशा छोपिदियो। र भारतले जितेको १८९ स्वर्ण पनि फुटबल फाइनल हारेर खल्लो बन्यो। 

अनन्त तामाङ, विक्रम लामा, सुनिल बल र विकेश कुथु। लगातार दुई पटक नेपाललाई स्वर्ण दिलाउने हिरोहरु हुन्। यी चार जना खेलाडीले नै हुन् जसले भारतलाई उसैको भूमिमा  पराजित गर्दै स्वर्ण जित्दा महत्वपूर्ण भूमिका खेलेका थिए। विक्रम, अनन्त र विकेश त गुवाहाटीमा भएको साग फुटबलमा नेपालका लागि सबै खेलमा पूरै समय खेले।

Ncell 2
Ncell 2
nimb
nimb

संयोग नै मान्नु पर्छ करिब ३ वर्षपछि नेपालले लगातार साग खेलकुदमा स्वर्ण पदक उचाल्दा यी चार जनाकै मुख्य भूमिका रह्यो। 

मंगलबार सम्पन्न १३औं सागमा पुरुष फुटबलमा भुटानलाई २–१ गोलको हार चखाउँदै नेपालले स्वर्ण जित्यो। यसपटक भुटान पनि कमजोर टिम भने थिएन। उसले नेपाल बाहेक बंगलादेशलाई १–०, माल्दिभ्सलाई २–१ र श्रीलंकालाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनल खेलेको थियो।

टिम वर्क गेम
खेलको १६ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको नेपालले खेलको ३७औं मिनेटमा गोल खान पुग्यो। भुटानका कप्तान चेन्चो ग्याल्सेनले उत्कृष्ट गोल गर्दै १–१ गोलको बराबरी दिलाए।

पहिलो हाफको अन्त्यतिर नेपाली खेलाडी निकै आतिएर खेले। भुटानका खेलाडीले बल पोजिसनमा राख्दै निकै राम्रो मुभहरु बनाइ रहँदा नेपाल खेलाडीमा भने तालमेल नमिलेको प्रष्टै देखिन्थ्यो। तर खेलको ५४औं मिनेटमा नेपालका मिडफिल्डर सुनिल बलले अप्रत्यासित हेडबाट गोल गर्दै नेपाललाई २–१ गोलको जित दिलाए।

Xtrem

Xtrem

बंगलादेश र माल्दिभ्सविरुद्धको खेलमा नेपालको लामो पास निकै सफल भयो। सर्ट पास पनि त्यतिकै चुस्त देखिन्थ्यो। भुटानविरुद्धको खेलमा सर्ट पास निकै सफल भए। तर केही खेलाडीले व्यक्तिगत प्रदर्शनका लागि मात्रै पनि खेलेको जस्तो देखियो। जसले नेपालको अझै स्तरीय खेल हुन सकेन।

मिडफिल्डर विक्रम लामालाई डिफेन्समा ल्याएर खेलाउने प्रशिक्षक बालगोपाल महर्जनको योजना पनि सफल भयो। यसअघि मिडिफल्डरकै रुपमा खेल्दै आएका विक्रमले साग फुटबलमा भने सेन्टर डिफेन्डरको भूमिका निभाए। जसमा उनी सफल पनि भए।

खेलकै दौरानमा अनुभवि विक्रमसँगै अनन्त तामाङ, विकास खवास र सुमन अर्यालले उतिकै योगदान दिए। सुजल श्रेष्ठलाई फरवार्डमा उतारिँदा मिडफिल्डमा अभिषेक रिजाल, सुनिल बल, नितिन थापा, मिक्चेन तामाङ र तेज तामाङलाई जिम्मा दिइयो। जहाँ भुटानविरुद्धको खेल मिडफिल्डरकै गोलमा जित बन्यो।

चार खेलाडी २ भूमिकामा २ स्वर्ण
१३औं सागमा नेपालले स्वर्ण जितेसँगै साग खेलकुदमा नेपाली पुरुष फुटबलले चार पटक स्वर्ण जितेको छ। सन् १८९४ मा काठमाडौंमा भएको पहिलो साग खेलकुदमा स्वर्ण जितेको नेपालले १९९३ र २०१६ मा स्वर्ण जित्न सफल भएको थियो।

बालगोपाल महर्जन, राजेश मानन्धर, मृगेन्द्र मिश्र र मिलन हाँडा १९९३ मा नेपालले स्वर्ण पदक जित्दा मुख्य खेलाडी थिए। यी चारै जना अहिले नेपाल यू–२३ टिमको प्रश्षिक हुँदा नेपालले स्वर्ण पदक जित्न सफल भयो।

बालगोपाल मुख्य प्रशिक्षक हुन् भने, राजेश सहायक र मृगेन्द्र गोलकिपर प्रशिक्षक हुन्। मिलन भने राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक हुन्। खेलाडी भएर नेपाललाई स्वर्ण पदक दिलाएका यी चारै ब्यक्तिले प्रशिक्षकमा पनि एकै पटक नेपाललाई स्वर्ण दिलाएका छन्।

साग खेलकुदकै सबैभन्दा लोकप्रीय खेल हो फुटबल। दशरथ रंगशालामा हरेक दिन फुटबल हेर्न आएका दर्शकको संख्याले पनि त्यसलाई पुष्टी गर्छ। फुटबलमा जसले जित्छ अन्य खेलको जित त्यसै छायामा परिदिन्छ। यो पटक घरेलु मैदानमै नेपालले करिब १५ हजार दर्शकलाई साक्षी राखेर स्वर्ण जितेको छ। यसले सिंगो देश उत्साहित भएका छन् भने खेलाडी प्रति गौरव गरिरहेका छन्।

प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६  २१:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाडाको कार्यालय छाडेर आफ्नै भवन खोज्दै रास्वपा
देशका अधिकांश भू–भागमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भाडाको कार्यालय छाडेर आफ्नै भवन खोज्दै रास्वपा आइतबार, असोज १८, २०८३
देशका अधिकांश भू–भागमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना आइतबार, असोज १८, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर आइतबार, असोज १८, २०८३
रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्