लहान- सिरहा र खोटाङमा भएको आगलागीमा ३० लाख मूल्य बराबरको क्षति भएको छ।
सिरहाको सुखीपुर नगरपालिका–८ गुद्रीबजारमा मंगलबार राति आगलागी हुँदा करिब १५ लाख र खोटाङको रुपाकोट मझुवागढिी साढे १५ गरी गरी ३० लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।
सिरहाको सुखीपुर बजारका उपेन्द्र साहको किराना पसलबाट आगलागी सुरु भएको हो। आगोले छेउमै रहेको संजीव गुप्ताको फेन्सी पसल र लटु यादवको सिलाई पसलसमेत जल्दा सामान र नगदसहित १५ लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सुखीपुरका सई सुरदर्शन दासले जानकारी दिए। लहान नगरपाकिलाको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। पसलमा बालिएको अगरबत्ती वा विद्युत् सर्टबाट आगलागी भएको हुन सक्ने प्रहरीकोे प्रारम्भिक अनुमान छ।
यसैगरी, खोटाङको रुपाकोट मझुवागढी नगरपलिका ११ खार्मी बस्ने बकरामणि राईको घरमा आगलागी भएर साढे १५ लाख मूल्य बराबरको क्षति भएको छ। आगोले दुईतले घर, ५० हजार नगद तथा अन्य सामानसहित १५ लाख ४२ हजार बराबरको क्षति भएको अस्थायी प्रहरी चौकी तालखर्कलेले जानकारी दिएको छ।
प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा आगो नियन्त्रणमा आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।