काठमाडौं– सप्तरी महादेवा गाउँपालिका ६ का वडा सचिव नबोनाथ मिश्राले घुससहित रंगेहात पक्राउ परेका छन्। जन्मदर्ता प्रमाणपत्र बनाईदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार इटहरीबाट खटिएको टोलीले उनलाई दुई लाख घुस वापतको रकम लिईसकेको अवस्थामा पक्राउ गरेको हो।
मिश्रालाई राजबिराज नगरपालिका २ तित्रीगाछीबाट घुस रकमसहित रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।