काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता मंगलबार साँझ समापन हुँदैछ। मंसिर १५ देखि औपचारिक रुपमा सुरु भएको सागमा नेपालले अहिलेसम्मकै सर्वाधिक ५१ स्वर्ण पदक जित्न सफल भएको छ। २६ खेलमा ३१७ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।
नेपालले सन् १९९९ मा दोस्रो पटक साग आयोजना गर्दा ३१ स्वर्ण जित्दै ऐतिहासिक सफलता पाएको थियो। यो नै १२औं सागसम्म आईपुग्दा नेपालले पाएको एउटै सागमा सर्वाधिक स्वर्ण संख्या थियो। तर १३औं सागमा आठौं सागको भन्दा २० स्वर्ण जित्दै ऐतिहासिक सफलता पाएको हो।
कराते- १० स्वर्ण
मण्डेकाजी श्रेष्ठ (एकल काता), मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर (टिम काता, पुरुष) निर्मला तामाङ, संगीता मगर, सरु कार्की (टिम काता, महिला) लक्ष्मण तामाङ (५५ केजी कुमुते) विप्लवलाल श्रेष्ठ (८४ केजीमाथि) कुसुम खड्का (४५ केजी मुनी) अनु अधिकारी (५० केजी मुनि) नवीन रसाइली (६७ केजी) सुनिता महर्जन (६८ केजी) अनुपमा मगर (६८ केजी)
तेक्वान्दो– १२ स्वर्ण
कमल श्रेष्ठ (२३–२९ वर्ष पुम्से) सिना मादेन लिम्बु (१७–२३ वर्ष पुम्से) पार्वती गुरुङ (२३–२९ वर्ष पुम्से) आयशा शाक्य (२९ वर्ष माथि पुम्से) आयशा शाक्य र सञ्जिकुमार पाण्डे (२९ वर्ष माथि पुम्से) निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना (महिला टिम १७–२३ वर्ष टिम पुम्से) निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई (महिला टिम २३–२९ वर्ष टिम पुम्से) काजल श्रेष्ठ (४६ केजी मुनि गेरुगी) वीरबहादुर महरा (६८ केजी मुनि गेरुगी) संगीता बस्याल (६२ केजी मुनि गेरुगी) सक्षम कार्की (८७ केजी गेरुगी) भुपेन श्रेष्ठ (८७ गेरुगी)
ट्रायथलन – २ स्वर्ण
सोनी गुरुङ, हिमाल टमाटा
उसु– ५ स्वर्ण
विजय सिंजाली (थाउलो) सुस्मिता तामाङ (थाउलो) दीपक हमाल (थाउलो) निमा घर्तीमगर (थाउलो, नान्दौ) जुनी राई (सान्डा सान्सो)
एथलेटिक्स – ३ स्वर्ण
सन्तोषी श्रेष्ठ (१० हजार मिटर) गोपीचन्द्र पार्की (५ हजार मिटर ) किरणसिंह बोगटी (म्याराथन) साइक्लिङ – ४ स्वर्ण राजेश मगर (डाउनहिल) निश्मा श्रेष्ठ (डाउनहिल) लक्ष्मी श्रेष्ठ (क्रस कन्ट्री) वुद्धिबहादुर तामाङ (क्रस कन्ट्री)
पौडी– ४ स्वर्ण
गौरिका सिंह (१०० मिटर फ्रिस्टाइल, २०० मिटर फ्रिस्टाइल, ४०० मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोक)
भारोतोलन– २ स्वर्ण
सन्जु चौधरी (५९ केजी तौल समूह) विकास श्रेष्ठ (८९ केजी तौल समूह)
गल्फ– २ स्वर्ण
सुवास तामाङ (पुरुष सिंगल्स) सुवास तामाङ, शुक्र राई, टंकबहादुर कार्की र निरज तामाङ (पुरुष टिम इभेन्ट्स)
कुस्ती – १ स्वर्ण
संगीता धामी (५५ केजी तौल समूह)
बक्सिङ – ३ स्वर्ण
भुपेन्द्र थापा (६४ केजी तौल समूह मुनि) मिनु गुरुङ (५४ केजी तौल समूह) सनिल शाही (६० केजी तौल समूह)
जुडो – २ स्वर्ण
पुन श्रेष्ठ (७८ केजी तौल समूह मुनि) देविका खड्का (५२ केजी तौल समूह मुनि)
पुरुष फुटबल– १ स्वर्ण
सुजल श्रेष्ठ (कप्तान), विकेश कुथु, सुनिल बल, मिक्चेन तामाङ, विकास खवास, अनन्त तामाङ, अभिषेक रिजाल, नितिन थापा, विक्रम लामा, तेज तामाङ, सुमन अर्याल, छिरिङ गुरुङ, राजिव लोप्चन, हेमन्त थापामगर, राजेश परियार, सेसेहाङ आङ्देम्बे, प्रिजेन तामाङ, अर्पण कार्की, दीप कार्की
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।