काठमाडौं- १३ औं साग समापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको भिडियो सन्देशमा प्राविधिक समस्या सिर्जना भएपछि अडियोबिना नै दर्शकले प्रधानमन्त्रीको समापन सम्बोधन हेरेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको सम्बोधनको भिडियोमा अडियो नसुनिएपछि दर्शकहरूले बिनाअडियोकै सम्बोधन सुनेका हुन्।
साथै गत मंसिर १५ गतेबाट औपचारिक रुपमा उद्घाटन भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आजबाट समापन भएको छ।
पदक तालिकामा हालसम्म भारत पहिलो स्थानमा रहेको छ भने नेपाल दोस्रो स्थान ओगट्न सफल भएको छ। यसैगरी श्रीलङ्का पदक तालिकाको तेस्रो स्थानमा रहेको छ भने भुटान बिनास्वर्ण तालिकाको अन्तिम स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।