काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गते दिउँसो ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोही मितिका लागि संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
'आज मिति २०७६ साल मंसिर २४ गते मंगलबारका दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम २०७६ साल पुस ४ गते शुक्रबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ', राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।