काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको पुरुष फुटबलको पहिलो हाफमा नेपाल र भुटानले बराबरी खेलेका छन्। १६औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाएका थिए। त्यसपछि भुटानका चेन्चो ग्याल्छेनले ३७औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका हुन्।
यसअघि नेपाल र भुटानबीच भएको खेलमा नेपाल ४–० गोल अन्तरले विजयी भएको थियो। दक्षिण एसियाली फुटबलमा तुलनात्मक रुपमा कमजोर मानिएको भुटानले श्रीलंका, बंगलादेश र माल्दिभ्सजस्ता सशक्त टिमलाई हराएर फाइनलमा स्थान बनाउन सफल भएको हो।












नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।