काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ५० औं स्वर्ण जितेको छ। बक्सिङ ६० किलो तौल समूहमा नेपालका सनील शाहीले स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ५० पुगेको हो।
उनले भारतका वरिन्द्रर सिंहलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण जितेका हुन्।
आजै पुरूष फुटबलको फाइनलमा नेपाल र भुटान खेल्दै छन्। आजै जुडोका खेलहरु पनि चलिरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।