काठमाडौं- संघीय संसद सचिवालयका कर्मचारी र सांसदबीचको मैत्रिपूर्ण फुटबलमा सांसदहरुले हार ब्योहोरेका छन्। कर्मचारीहरुले सांसदहरुलाई चार शून्यले हराएका छन्।
दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा सांसदका तर्फबाट उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, नेकपाकी सचेतक शान्ता चौधरी, सांसदहरु लालबहादुर थापा, यज्ञराज सुनुवार लगायत थिए।
सचिवलयको टोली महासचिव मनोहर भट्टराईको नेतृत्वमा मैदान उत्रेको थियो। संसद सेवा दिवस (मंसिर २८ गते) को अवसरमा मंगलबार दिनको १२ बजे दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको थियो।

.jpg)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।