काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मंगलबार (आज) अन्तिम दिन। डिसेम्बर १ अर्थात् मंसिर १५ गते औपचारिक उद्घाटन भएको प्रतियाेगिता आज समापन हुन लागेकाे हाे।
सागको समापन समारोह अपराह्न ५ बजेपछि सुरु हुनेछ। समापनका दिन विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुँदैछ। समापन समारोहसहित काठमाडौंमा ५ खेलमा प्रतिस्पर्धा हुनेछ।
आज फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ। पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ३ः०० बजे खेल हुनेछ।
बास्केटबलको फाइनल खेल आजै हुनेछ भने बक्सिङमा अन्तिम दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। जुडोमा १ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ भने स्क्वासको टिम स्पर्धाको फाइनल खेल पनि हुनेछ।
समापनको अन्तिम दिनसम्म आइपुग्दा नेपाल ४९ स्वर्णसहित तालिकाको दोस्रो स्थानमा छ। १४३ स्वर्णसहित भारत शीर्ष स्थानमा छ।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।