काठमाडौं– सरकारले सरकारी जग्गा जाँचबुझ गर्न बनेको आयोगको समय ६ महिना थप गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
सरकारले गत जेठमा सरकारी, सार्वजनिक र गुठी जग्गाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरेको थियो। आयोगको म्याद १५ मंसिरमा सकिएकोमा फेरि ६ महिना थप्ने निर्णय सरकारले गरेको हो ।
आयोगमा हालसम्म १७७ उजुरी परेका छन्। तीमध्ये ९ वटाको मात्रै अध्ययन सकिएको छ। समय अभाव भएकाले आएका उजुरी अध्ययन गर्न नसकिएको आयोग सदस्य हरुको भनाइ थियो।
यसैगरी, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।