जनकपुर- १३औं दक्षिण एसियाली खेलकुल (साग) अन्तर्गत जनकपुरमा सम्पन्न कुस्ती प्रतियोगिताकाे विभिन्न २० वटा तौल समूहमा भारतले भाग लिएको १४ वटा समूहमा सबैमा स्वर्ण पदक जित्न सफल भएको छ।
त्यसैगरी पाकिस्तानले ३, श्रीलंकाले २ र नेपालले एक स्वर्ण पदक जित्न सफल भयो। बंगलादेशले भने स्वर्ण हात पार्न सकेन।
खेलको अन्तिम दिन सोमबार महिलातर्फ ६८ र ७४ केजी तौलको समुहमा भारतकै अनिता र गौरव बालियानले स्वर्ण पदक जितेका थिए। ६८ केजीमा श्रीलंककी मालाले रजत र बंगलादेशकी रोइतिथीले कास्य पदक हाँसिल गरिन्।
त्यस्तै पुरुषतर्फ ७४ केजी तौल समुहमा श्रीलंकाका लकमलले रजत र बंग्लादेशका सेपोन शेखले कास्य पदक जितेका छन्।
कुस्ती प्रतियोगिताको विभिन्न २० वटा तौल समूहमा भएको खेलमा भारतले १४ स्वर्ण पदक हासिल गर्न सफल भएको हो।
पाकिस्तानले ३ स्वर्ण सहित ५ वटा रजत पदक हासिल गरेको छ भने श्रीलंकाले २ स्वर्ण, ९ रजत सहित २ वटा कास्य पदक जित्न सफल भएको छ।
त्यसैगरी नेपालले गर्दै १ स्वर्ण, ४ रजत र ८ वटा कास्य पदक हाँसिल गर्न सफल भएको छ भने बंगलादेशले २ वटा रजत र ७ वटा कास्य पदक जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।