काठमाडौं- १४औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको आयोजना पाकिस्तानले गर्ने भएको छ।
साउथ एसियन ओलम्पिक काउन्सिलको आज बसेको बैठकले १४औं संस्करणको साग खेलकुद पाकिस्तानले आयोजना गर्ने जानकारी नेपाल ओलम्पिक कमिटीले दिएको हो।
पाकिस्तानले १४औं सागको आयोजना गर्ने भएपनि ६ महिनापछि मात्रै मिति तोकिने भएको छ। भव्यताको साथ १३औं साग सम्पन्न भएको भन्दै नेपाल ओलम्पिक कमिटीले नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्लाई दिदै साउथ एसियन ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा रहने पनि जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।