ललितपुर- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले ४ स्वर्ण जित्दै इतिहास बनाएकी छिन्।
सातदोबाटोस्थित हिटिङ स्वीमिङ पुलमा सोमबार भएको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण पदक जितेकी हुन्।
योसँगै उनको स्वर्ण संख्या चार पुगेको छ।
रिकाले ५८.१३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन्। भारतकी सिबांगी शर्माले ५८.१५ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै रजत जितिन्।
यसअघि उनले ४०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै इतिहास रचेकी थिइन्। त्यस्तै, २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर फ्रिस्टाइलमा पनि उनले स्वर्ण पदक जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।